काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई निमित्त प्रहरी महानिरीक्षक (आईजीपी)को जिम्मेवारी दिइएको छ ।
आईजीपी बसन्तबहादुर कुँवर यूएनकप्स समिटमा सहभागी हुन आज अमेरिका प्रस्थान गरेपछि थापालाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । उनले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।
गृहसचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ सम्म संचालन हुने चौथो युनाइटेड नेशन्स चिफ्स अफ पोलिस समिट (यूएनकप्स) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।
समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
