Author: Scoop Khabar

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले एक लाख ८० हजार ६ सय ५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । प्रहरी अस्पतालको सेवा प्राप्त गर्नेमा बहालवाला प्रहरी ६१ हजार ६ सय चार, प्रहरी परिवारका सदस्य ६२ हजार आठ सय ९३ जना रहेको अस्पतालका स्वास्थ्य निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले जानकारी दिइन् । त्यस्तै अवकाश प्राप्त प्रहरी कर्मचारी २४ हजार दुई सय २५, अवकाश प्राप्त प्रहरी कर्मचारीका परिवार २१ हजार पाँच सय ९८ तथा सर्वसाधारण १० हजार तीन सय ३८ जना रहेका निर्देशक सिंहले बताइन् । वि.सं. २०४० चैत…

थप

काठमाडौ । नेपाल प्रहरीको नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका अधिकारीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयको सचिवस्तर निर्णयले यही चैत २१ मा उनीहरुको बढुवा गरिएको थियो । बढुवा हुनेमा ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे छन् । शुक्रबार नै प्राविधिक प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका प्रहरी अधिकृतहरूलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

थप

काठमाडौ । होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत युवती मृत्यु भएको छ ।  बिहीबार दोलखाको सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन्। उनको गएराति ‍११ बजे  उपचारका क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।  पोखरा स्थायी घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र चरिकोट फर्किएकी थिइन् ।

थप

चितवन । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले नगरपालिकाको सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् । बिहीबार नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत मेयर सापकोटाले नगरपालिका प्रमुखको हैसियतले प्राप्त हुँदै आएको यातायात सुबिधा उपभोग नगरी निजी साधनको प्रयोग गर्ने घोषणा गरेका हुन् । मेयर सापकोटाले भने, ‘म विगत लामो समयदेखि आफ्नै निजी सवारी साधान चढ्दै आएको थियो, त्यसैले सरकारी गाडी चढ्नुपर्छ भन्ने लागेन र अबदेखि आफ्नै निजी सवारी साधन चढ्ने घोषणा गरेको छु ।’ युवा जुझारु मेयर सापकोटाले रत्ननगरमा विभिन्न समयमा रचनात्मक कार्य गर्दै आइरहेका छन् ।

थप

काठमाडौ । च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन् । दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पोखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र चरिकोट फर्किएकी कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले  जानकारी दिए । घरबाट आएको भोलिपल्टै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेकी  र उनको अवस्थामा गम्भीर भएकोले उपचारार्थ काठमाडौं लगिएको श्रेष्ठले बताए ।  श्रेष्ठका अनुसार ती युवतीले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएकी…

थप

काठमाडौं । गायक राजेशपायल राई र पत्नी सङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । तर कुन समझदारीमा दुईबीच सम्बन्ध बिच्छेद भयो, त्यो अदालतले खुलाएको छैन । अंश वापत राजेशले ५० लाख नगद साङबुङलाई दिनुपर्ने छ । राजेशका नाममा रहेको काठमाडौंमा १ आना १ पैसा ३ दाममा बनेको घर साङबुङ र छोराको संयुक्त नाममा रहने फैसला भएको अदालतका प्रवक्ता पन्थीले जानकारी दिए…

थप

काठमाडौं । झापामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बाह्रदशी गाउँपालिका १ मा आज बिहान बिहान ६ः३० बजेको समयमा ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् । राजवंशी चार दिनअघि मात्र वैदेशिक रोजगारीबाट विदामा घर आएको बुझिएको छ । उनी रोजगारीका लागि ओमान गएका थिए । मृतक ममसरी भने दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसा गर्दै आएकी थिइन् । प्रहरीले घटनापछि खुकुरीसहित राजवंशीलाई पक्राउ पक्राउ गरेको छ । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे प्रहरीले थप अनुसन्धान…

थप

जवान विक धनगढी उपमहानगरपालिका- ७ स्थित जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । बझाङमा सादा पोसाकमा रहेर काम गर्दै आएका जवान विक घरायसी कामको लागि विदा लिएर धनगढी आएको कैलाली प्रहरीले जनाएको  छ । चैत १३ गते बझाङबाट ४ दिनका लागि बिदा मागेर आएका उनलाई १४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा बोलाइएको थियो । उनीविरुद्ध प्रदेश प्रहरी कार्यालयमा उजुरी परेको छ । त्यसैले छलफलका लागि भनेर उनलाई कार्यालयमा बोलाइएको हो । तर, प्रदेशले उनको बुधबार नै बझाङका लागि रमाना (पठाएको) गरेको भनेर जिल्ला प्रहरी कार्यालय बझाङलाई म्यासेजसमेत गरेको थियो । तर रमाना भएका जवान विक रमान हुनुपर्ने दिन नै मृत…

थप

काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित ८ जना पक्राउ परेका छन् । गएराति २ बजेतिर काठमाडौंको अनामनगरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । गएराति काठमाडौँको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा तीनजना कलाकार हुन् भने अन्य पाँचजना भने अन्य क्षेत्रका हुन् ।

थप

काठमाडौ । प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ ।  बुधबार राती बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो । बढुवा हुनेहरूमा २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए । ठूलो समूह हुँदा प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको थियो । हेर्नुहोस को-को बढुवा भए ?

थप