काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले जनताका मुद्दा बोक्नुपर्ने बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन र भौतिक पूर्वाधारहरूको उद्घाटन गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले जनताका मुद्दा बोक्दा त्यसैमा प्रहरीका मुद्दासमेत समेटिने उल्लेख गरे । गृहमन्त्री लेखकले भने, ‘प्रहरी साथीहरूलाई आत्मविश्वाससहित काम गर्न आग्रह गर्छु, जनताका मुद्दा बोक्नुप¥यो, जनताका मुद्दा बोक्दा आफ्ना मुद्दा पनि आइहाल्छन् ।’
उनले नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको भन्दै जनताले उचित सेवा पाउनुपर्ने बताए । भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
Facebook Comments Box
