Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
सुनसरी । सुनसरी प्रहरीले ४ सय ४० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले देवानगञ्ज गाउँपालिका–५ स्थित मेहेता टोलबाट १३ वटा बोरामा प्याक गरिएको ४ सय ४० किलो गाँजासहित गाजा लोड गरिएको को १ ख ७१२३ नम्बरको मिनी ट्रकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी-१४ बस्ने २५ बर्षीय चन्द्रबहादुर पाख्रिन, मोरङ लेटाङ-६ बस्ने बलबहादुर लिम्बु र सुनसरी देवानगंज-४ का ३० वर्षीय अरबिन्द पाल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिए । पाख्रिन ट्रक चालक हुन् । उनीहरुको साथबाट १ लाख ५० हजार रुपैयाँ भारु र नेपाली ५२ हजार रुपैयाँ समेत…
सिन्धुपाल्चोक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सग्रौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी रहेको टिप्पणी गरेकी छिन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्व सांसद डा.संग्रौलाले नीति तथा कार्यक्रमले अहिलेको अर्थतन्त्र सुधार्न नसक्ने, अधिकांश कार्यक्रम पुरानै दोहोरिएको र कार्यान्वयन गर्नका लागि सरकारसँग आर्थिक क्षमता कमजोर देखिएको बताइन् । ‘नीति तथा कार्यक्रममा आम्दानीको दायरा विस्तार गर्ने कुनै योजना छैन । राजस्व प्रशासन सुधारतर्फ सरकारको कुनै ध्यान गएको देखिँदैन। कमजोर धरातलमा रहेको सरकारले समग्र शासन प्रणालीमा सुधार गर्न सक्ने देखिदैन,’ डा. संग्रौलाले भनिन्। उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गिरीबन्धु टी…
तुलसीपुर । दाङमा बहुविवाह गरेका एकजना आरोपीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ जिल्ला अदालतले घोराही-१५ तुलसीपुर चोक निवासी सरोज पौडेललाई वहु विवाहको आरोपमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो । पौडेल मुद्धा दर्ता भएपछि भागेका थिए । जिल्ला प्रहरी कार्यालय दाङले पौडेललाई फरार सुचीमा राखेर घटनावारे अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय घोराहीलाई फाइल बुझाएको थियो । आफै फरार रहेका पौडेल गएको वैशाख २५ गते अदालतमा हाजिर भएका थिए । जिल्ला न्यायधीश तारा शर्माको एकल इजलाशले थुनछेककाक्रममा मुद्धाको अन्तिम टुङ्गो नलाग्दा सम्म पौडेललाई तत्कालको प्रमाणको आधारमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो…
काठमाडौं । कास्कीको पोखरामा सञ्चालित स्पा (मसाज) सेन्टरहरुमा बालिकाहरुलाई बन्धक बनाएर यौन व्यवसायमा लगाउने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले त्यसरी यौन व्यवसायमा लगाउने गरेका ६ जना बालिकाहरुको उद्दार गरेको छ । उनीहरूलाई पोखराको ५ वटा स्पाबाट उद्दार गरिएको हो । त्यहाँ बालिकालाई ल्याएर बन्धक बनाई यौन धन्दामा लगाउने गरेको गोप्य सूचनाको आधारमा ती स्पाहरु अनुगमन गर्दा १८ वर्षमूनिका ६ जना बालिकाहरु भेटिएको कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार सेन्टर प्वाइन्ट स्पाबाट २ जना, हिमालयन स्पाबाट १ जना, पारामाउन्ट स्पाबाट १ जना, न्यू भिजन स्पाबाट २ जना बालिकाहरु र गड विल…
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनसहित अवकाश पाउने भएका छन् । मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ । जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १६ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री रवि लामिछानेले नै यससम्बन्धी प्रक्रिया अघि बढाएका छन् । नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ,‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ ।’ गृह मन्त्रालयका एक अधिकारीका अनुसार यसका लागि कानून संशोधन प्रक्रिया अघि बढीसकेको छ…
काठमाडौं । सरकारले प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् । उनले सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने बताए । राष्ट्रपति पौडेलले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उपकरण, बन्दोबस्ती, प्रविधिजस्ता क्षेत्रमा स्रोत, साधन सम्पन्न तुल्याइ आन्तरिक सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाइने पनि बताए । त्यस्तै कमजोर अवस्थाका र राज्यले सुरक्षा गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभुति दिलाउने प्रबन्ध गरिने पनि उनले बताए । त्यसैगरी अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सुदृढ बनाइ…
काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी नायब निरीक्षक (सई) लाई बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) मा बढुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी नियमावली २०७१ को निम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको लागि जानकारीका लागि सूचना प्रकाशित गरिएको हो । हेर्नुहोस को को बढुवा भए ?
चितवन । भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलागि आह्वान गरिएको बोलपत्र (टेण्डर) रद्द भएको छ। भरतपुर महानगरपालिकाले आज (मंगलबार) एक सूचना जारी गर्दै २०८० फागुन १७ गते आव्हान गरिएको बोलपत्र २०८१ को बैशाख ३१ गतेको निर्णय अनुसार रद्द भएको जानकारी दिएको हो। भरतपुर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र देव भारतीले सार्वजनिक खरिद अनुमगन कार्यालयले ठेक्का प्रक्रिया नियमसंगत नभएको उल्लेख गरेसंगै ठेक्का रद्द भएको जानकारी दिए । महानगरका इन्जिनियर साकार लामाले एउटा मात्रै कम्पनीको टेण्डर परेको र अन्य ठेक्का प्रक्रिया नियमसंगत नभएकाले टेण्डर रद्द गरिएको जानकारी दिए । महानगरका अनुसार भोलि नै नयाँ ठेक्का आह्वान हुनेछ । भरतपुर नगरपालिकाले पहिलो चरणको…
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले पाएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । यसअघि प्रवक्ता रहेका डिआइजी भीमप्रसाद ढकाल बढुवा भएर एआइजी भएपछि कार्कीलाई प्रवक्ता तोकिएको हो । कार्की हाल प्रहरी महानिरीक्षकको सचिवालयमै कार्यरत थिए । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्न कार्कीलाई प्रवत्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सिराहा । सिराहामा बम पड्काएर ६ घरमा लुटपाट गरिएको छ । जिल्लाको लहान नगरपालिका-१७ हरिपुर टोलमा गएराति ११ बजे डाकाहरुले बम पड्काएर लुटपाट गरेका छन् । बम पड्किंदा स्थानीयहरु घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । डाकाहरुले नगद, गरहना लुटेका हुन् । डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ…