काठमाडौँ । सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनी आइतबार विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका हुन् ।
अदालतबाट अनुमति आएको आधारमा प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो । प्रहरीको साइबर ब्युरो र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रसाईँ भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित घरमा रहेको सूचनाको आधारमा पक्राउ गर्न प्रहरी टोली गएपछि उनी घरको गेट नै नखोली भित्रै बसेका थिए । गेट नखुलेपछि प्रहरीले उनको घरको कमाउण्ड नाघेर गएर पक्राउ गरेको थियो ।
Facebook Comments Box
