Author: Scoop Khabar

ललितपुर । ललितपुरको इमाडोलमा शुक्रबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ६१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ६७ वटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ६१ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघलाई KOICA Nepal ले शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा KOICA Nepal को सहकार्यमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रमबीच ‍शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले हस्तान्तरण गरिएका शैक्षिक सामग्री नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौंमा अध्ययनरत अमर अशक्त प्रहरी परिवारका सन्तती तथा कमजोर आर्थिक अवस्था भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गरिने बताइन् । साथै न्यानो कपडा नेपाल प्रहरी अस्पतालको कोल्ड वार्डमा उपचारार्थ रहनु भएका घाइते तथा बिरामीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता समेत…

थप

काठमाडौं । नेपाल प्रहरी अस्पतालको प्रमुख बन्न तीन जना प्राविधिक नायब महानिरीक्षक (डिआईजी) प्रतिस्पर्धामा उत्रिएका छन् । प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) आशा सिंहले गत बुधबार अवकाश पाएकी प्रहरी अस्पताल प्रमुख अर्थात् मेडिकल डाइरेक्टर एआईजीको पद खाली भएको छ । उनी साढे चार वर्ष नेपाल प्रहरी अस्पताल प्रमुख भएर काम गरेपछि उमेरहदका कारण अवकाशमा गएकी हुन् । १४ पुस ०७६ मा डा. आशालाई सरकारले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी दिएको थियो । अब अस्पतालको बागडोर समाल्न डिआईजीद्वय सुन्दर हाइजु, संजय बिक्रम श्रेष्ठ र गोपेशकुमार ठाकुर प्रतिस्पर्धामा उत्रिएका हुन् । मुख्यगरी तीन डिआइजीबीच एआईजी बढुवामा प्रतिस्पर्धा छ । अब उनीहरूमध्ये एकजना…

थप

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन गरेका छन् । यसले ह्यारिसको उम्मेदवारीको सम्भावनालाई थप बल पुगेको छ । “यसै हप्ताको सुरुमा मिशेल र मैले साथी कमला ह्यारिसलाई फोन गरेका थियौँ । हामीले उहाँलाई भनेका थियौ, उहाँ संयुक्त राज्य अमेरिकाको एक शानदार राष्ट्रपति बन्नुहुनेछ र उहाँलाई हाम्रो पूर्ण समर्थन रहनेछ,” ओबामाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। “हाम्रो देशका लागि यो महत्वपूर्ण क्षणमा नोभेम्बरमा उहाँले जित्ने सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौं । सम्पूर्ण अमेरिकी शुभचिन्तक र मतदाता हामीसँग सामेल हुनुहुनेछ भन्ने हामी पूर्ण आशा गर्छौँ।” प्रभावशाली पूर्वराष्ट्रपति डेमोक्र्याटिक पार्टीका अन्तिम ‘हेभी हिटर’हरू मध्ये…

थप

काठमाडौँ । साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का मनिष कोइरालालाई पक्राउ गरेको हो । उनीहरुले यही साउन ९ गते बिहान ६ बजे काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर-८ नाउपाखा सामुदायिक वनमा मोरङ लेटाङ नगरपालिका वडा नम्बर-९ का खड्कालाई लुटपाट गरेका थिए । ललितपुर पाटन अस्पताल नजिकै बस्ने भक्तबहादुर खड्काले पठाओ गरी यात्रु लिई शंखरापुर नगरपालिका नाउपाखा सामुदायिक वनमा पुगेपछि तामाङ र कोइरालाले चक्कु देखाई उक्त पठाओ चालकको बाप ०२–०४३ प ९१२५ नम्बरको मोटर साइकल,…

थप

काठमाडौं । सशस्त्र प्रहरीमा दुई नायब महानिरीक्षक (डीआईजी) पद रिक्त हुन लागेका छन् । जसमा अहिलेदेखि नै लबिङ सुरु भएको छ । विस्वस्त स्रोतका अनुसार ६ जनाले दावी शुरु गरेका छन् । भदौको पहिलो साता लुम्बिनी प्रदेशका ५ नम्बर वाहिनीपति अभि खत्री र सुर्खेतस्थित ६ नं बाहिनीपति दुर्गा भट्टराई अवकाशमा जाने भएका छन् । उनीहरुको रिक्त पदमा बढुवा हुन अहिलेबाटै लबिङ शुरु भएको हो । सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी)हरु कृष्ण ढकाल, मनिष थापा, कृष्णराज पाठक, प्रवीण कँडेल, विनोद श्रेष्ठ, दीपेन्द्र कुँवरले लबिङ शुरु गरेका छन् ।

थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीति सेयर बजार र निर्माण क्षेत्रका लागि अपेक्षा गरेभन्दा लचिलो आएको छ । मौद्रिक नीतिमा बैंकर्स तथा विज्ञहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् । संस्थागत सेयर लगानीकर्ता तथा निर्माण व्यवसायीलाई राहत पुग्ने गरी आएको मौद्रिक नीतिले घरजग्गा व्यवसाय र बैंकमा थुप्रिएको रकम परिचालन गर्ने नीति नलिँदा अर्थतन्त्रमा आशातित सुधार हुन नसक्ने विज्ञहरुको टिप्पणी छ । मौद्रिक नीति बनाउन राष्ट्र बैंक स्वायत्त हुन्छ तर शुक्रबार सार्वजनिक नीतिमा व्यवसायीका माग मात्रै होइन राजनीतिक नेतृत्वले चाहेका कुरा पनि समावेश भएका छन् । राष्ट्र बैंकले व्यवसायीकै मागबमोजिम चालु पुँजी कर्जा मार्गदर्शन लागु गर्ने समय २०८२…

थप

काठमाडौं । नेपाल प्रहरीले लेखापालहरुको सरुवा गरेको छ।  शुक्रवार राती २८९ जना लेखापालहरुको सरुवा गरिएको हो। को कहाँ पुगे हेर्नुस्

थप

काठमाडौं । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षका लागि सफल पर्यटन व्यवसायी दामोदर ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । मिसन नेपाल होलिडेजका प्रबन्ध निर्देशक ढकालले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ढकालले बिहीबार सामाजिक सञ्जालमार्फत आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ढकालले आफू समावेशी टिम बनाएर निर्वाचनमा होमिने बताएका हुन् । ढकालले भनेका छन्, ‘यहाँहरू माझ टानको वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम आउँदै छ । टानको २०१९– २०२२ कार्यकालमा सचिव पदमा रहेर काम गर्ने मौका दिनु भएकोमा यहाँहरूमा नमन । यस पटक यहाँहरूको दरिलो साथमा…

थप

काठमाडौ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना ज्यान गुमाएका पाँच शव परिवारले बुझेका छन् । को-पाइलट सुशान्त कटुवालसहित अन्य चार जनाका परिवारले शव बुझिसकेको अस्पतालले जनाएको छ । कतिपय मृतकका परिवारले भने क्षतिपूर्ति र बीमाको विषयमा सहमति नभएकोले शव बुझ्न मानेका छैनन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

थप