काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डीआइजी) दानबहादुर कार्कीले कार्यालयमा हाजिर हभई कार्यालयको पदभार ग्रहण गरेका छन् ।
नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाएका उनले यस अघि नेपाल प्रहरी संगठनको महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरि सकेका छन् ।
बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरी सफलता हसिल गरेका छन् ।
यसैगरी उनले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।
Facebook Comments Box
