Author: Scoop Khabar

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानविन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बीर भन्दै सार्वजनिक गरेपछि गृहमन्त्रालयले त्यसको यथार्थ छानविन गर्न प्रहरीलाई निर्देश गरेको जनाएको छ । मन्त्री लेखकले उक्त तस्बीरको विषयमा छानविन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए । ‘यो विषयमा छानविन…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको भन्दै शेयर गरिएको सुतिरहेका फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ । फोटोमा टोपी लगाएका एक व्यक्ति सिरक ओढेर सुतिरहेको देखिन्छ । खाटमुनी छेउमा एकजोर चप्पल र टेवुल छ । जसमा केही कितावहरु राखिएका छन् । एउटा अर्को फोटोमा भने ओछ्यानको छेउकामा रहेको टेबुल समेत छैन् । यता रास्वपाका कार्यकर्ताहले ‘यो फोटो रवि दाईकै हो’ भन्दै सामाजिक सञ्जालमा भाइरल बनाउँदै प्रहरीको चर्को आलोचना गरेका छन् । उनीहरुले फोटो रवि लामिछानेकै भएको र कास्की प्रहरी हिरासतकै भएको दावी गरिरहेका छन् । रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो…

थप

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया किशोरी सरिता तामाङको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सरिताको घर धादिङ गजुरी गाउँपालिका–४ हो । सरिताको हत्या आरोपमा गजुरी–३ घर भई काठमाडौं–१४ खड्कागाउँ बस्दै आएका २४ वर्षीय विश्वास तामाङलाई प्रहरीले बुधबार राति साढे ९ बजे कोठाबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु नातेदार हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार सरिता २९ मंसिरको राति १२ बजेदेखि सम्पर्कविहिन थिइन् । उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । निवेदन परेपछि प्रहरीले सरिताको खोजी सुरु गरेको थियो…

थप

काठमाडौं । प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले कानुनी कारबाही गर्ने बताएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीले एक विज्ञप्ति जारी गर्दै लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्ने जनाएको हो । कास्की प्रहरीले साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नेगरी अनधिकृत रूपमा सुरुमा डा. निकोलस भुसालको फेसबुक पेजबाट त्यो तस्बिर सार्वजनिक भएको कास्की प्रहरीले उल्लेख गरेको छ । कास्की…

थप

काठमाडौं । सिरहामा सशस्त्र प्रहरी बल नेपालका नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवलाई गाडीले ठक्कर दिएर ज्यान लिने समूहको पहिचान गर्न प्रहरी सफल भएको छ । सई यादवको १६ मंसिरमा उपचारको क्रममा निधन भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले १५ दिन लामो अनुसन्धानपछि गाडीले ठक्कर दिएर हत्या गर्ने समूहको पहिचान गर्न सफल भएको हो । सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले पाँच जनाको समूहद्धारा सई यादवको हत्या भएको खुलेको बताए । जसमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको एसपी पण्डितले बताए । उनले भने, ‘बाँकी चार जना फरार छन् ।’ घटनालगत्तै सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।…

थप

काठमाडौं । मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रूकुम पश्चिम आठबिसकोट नगरपालिका–५ ठेगाना भएका निराजन नेपाली पक्राउ परेका छन् । एनसीबी आबुधाबी यूएईको समन्वयमा यूएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको हो । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साउन ७ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो । निराजन नेपालीलाई सम्बन्धित कसूर बमोजिम कानुनी कारबाही लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिआएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी…

थप

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले मुख्य सचिव र सचिवको कार्यकाल कम गर्ने प्रस्ताव गरेका छन् । संघीय निजामती विधेयकमा यस सम्बन्धी व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘मुख्य सचिवको कार्यकाल २ वर्ष र सचिवको ३ वर्ष बनाऔं,’ सांसद परियारले भने । अहिले जिम्मेवारीमा रहेका केहीलाई कस्तो असर गर्छ भन्ने नहेरी भविष्य हेरेर कानुन बनाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए । सचिवको कार्यकाल पाँच वर्ष रहेको तर कर्मचारी कहिले कहाँ सरुवा हुन्छ भन्ने प्रष्ट नहुँदा मन्त्रालय चाहर्दा हैरानी हुने उनले बताए…

थप

काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जबेगुलाई मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रहरी नायब उपरीक्षक जबेगुले धनकुटाबाट धरान आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाइएको दुईवटा गाडीमा लागूऔषध गाँजासहित मङ्सिर १८ गते धरान–१३ अमरहाटमा पक्राउ गरेका थिए । चेकजाँच गर्न रोक्दा बा १ झ ५१२७ नम्बरको गाडीका चालकले तीव्र गतिमा सवारी चलाएको हुँदा ४ राउन्ड गोली फायर समेत गरी उक्त गाड८लाई नियन्त्रणमा लिएर दुवै गाडिबाट कुल ६९० केजी गाँजा र चालकलाई पक्राउ गर्न सफल भएका थिए ।…

थप

काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा एक जना सफारी चालकमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे विराटनगर–११, वसपार्कमा सफारी चालक विराटनगर–१२ का विजय कामतमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट कामतको बायाँ हातमा चोट लागेको मोरङ प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने विराटनगर–११ का रेगन कट्टेल पक्राउ परेका छन् । प्रहरीका अनुसार सामान्य विवादमै खुकरी हानेको देखिएको छ । कँडेल बसपार्कमा काम गर्ने विवादास्पद पृष्ठभूमकी व्यक्ति हुन् । प्रहरीका अनुसार विराटनगर–११ जनपथ टोलका कट्टेलले आतंक मच्चाउँदै आएका छन् । उनी यसअघि पनि पक्राउ परेका थिए । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार कट्टेलमाथि…

थप

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित झापा विर्तामोडका युवराज सुवेदीसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय सुवेदीसहित काठमाडौं महानगरपालिका–३२ दोभानपुलका ४६ वर्षीय राजकुमार माली, महानगरपालिका–१० का १८ वर्षीय एक किशोर, महानगरपालिका–७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल छन् । प्रदेश.३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार रहेका उनीहरूलाई मंगलबार राति प्रहरी वृत गौशलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार स्रोत नखुलेको रकम भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट रकम उल्लेख गरिएको ५ थान चेक, ५ थान मोबाइल…

थप