काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा एक जना सफारी चालकमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे विराटनगर–११, वसपार्कमा सफारी चालक विराटनगर–१२ का विजय कामतमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट कामतको बायाँ हातमा चोट लागेको मोरङ प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने विराटनगर–११ का रेगन कट्टेल पक्राउ परेका छन् । प्रहरीका अनुसार सामान्य विवादमै खुकरी हानेको देखिएको छ ।
कँडेल बसपार्कमा काम गर्ने विवादास्पद पृष्ठभूमकी व्यक्ति हुन् । प्रहरीका अनुसार विराटनगर–११ जनपथ टोलका कट्टेलले आतंक मच्चाउँदै आएका छन् । उनी यसअघि पनि पक्राउ परेका थिए ।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार कट्टेलमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको छ ।
