Author: Scoop Khabar

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा शुद्धीकरण अभियान जारी रहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठानिक विषयमा धारणा राख्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिए । ‘विभिन्न कारणले हाम्रो वर्गसँग सम्बन्ध टुटेको छ । संसदीय अभ्यासका क्रममा हामी कहीँ न कहीँ प्रदूषित भएका छौं । देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बेला लोकतन्त्र र जनताको जनजीविका खतरामा परिरहेका बेला पार्टी सबल हुनुपर्छ । त्यसका लागि शुद्धीकरण अभियान जरुरी छ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै…

थप

काठमाडौं । गृहमन्त्री रमेश लेखकले टीआरसी विधेयक पीडित मैत्री रहेको बताएका छन् । ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितको सहभागिता’ विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने बताए । बलात्कार घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने गृहमन्त्री लेखकको भनाई छ । गृहमन्त्री लेखकले भने, ‘जहिले, जसरी भए पनि बलात्कार बलात्कार नै हो, त्यसमा कुनै अवस्थाले सजाय फरक हुँदैन । देशभरीमा अहिले पनि सबैभन्दा बढी बलात्कार घटनामा दोषी कैदी रहेछन्, यसमा सजाय घट्यो भने समाजमा के सन्देश जाला ?’ सबै सरोकारवालाको चासो…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताएका छन् । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानद्वारा लिखित ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कुँवरले उक्त कुरा बताएका हुन् । उनले साहित्य लेखन आफैमा एउटा कठिन परिश्रम भएको एवम् ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता रहेको चर्चा गर्दै आम जनमानसमा रहेको प्रहरी प्रतिको लाठी र बन्दुक मात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस कृति प्रशंसनीय रहेको बताए । अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति सुरक्षा अमनचयन…

थप

काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. प्रिति मिश्रलाई कारबाही गर्ने तयारी गरेको छ । लामो समयसम्म कार्यालयमा अनुपस्थित भई सम्पर्कविहीन बनेपछि इन्सपेक्टर मिश्रमाथि मन्त्रालयले कारबाही प्रक्रिया अगाडी बढाएको हो । सोही अनुसार इन्सपेक्टर मिश्रको नाममा मन्त्रालयले शुक्रबार ७ दिने सूचना जारी गरेको छ । पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिइन् । मन्त्रालयका अनुसार उनी गत वैशाख १० गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराई बिदा बसेकोमा हालसम्म पनि सम्पर्कमा आएकी छैनन् । बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित…

थप

काठमाडौं,नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी)लाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना बनेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ इन्चार्जलाई स्वागत तथा पुरानो इन्चार्जलाई बिदाइ गर्न आयोजनागरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले पछिल्लो समय बेचन झालाई पक्राउ गरिसकेपछिप्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) श्याम ज्ञवालीमार्फत प्रहरीमा विद्रोह गराएर वर्तमानआईजीपी बसन्त कुँवरलाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना भएको आरोप लगाए । एआईजी ज्ञवालीलाई आईजीपी बनाएर कांग्रेसका नेताहरूलाई गिरफ्तार गर्ने सम्मका योजना बनाएको एक्स्पोजभएपछि उनलाई कांग्रेस धेरै नै रिसाएको जस्तो देखिएको उनको भनाई छ आईजीपी अमेरिका गएकै बेला नक्कलीभुटानी शरणार्थी प्रकरणका आरोपीमध्येका एक बेचन झा पक्राउ परेका थिए,सोही विषयले प्रहरीमा हलचल मच्चिएको थियो । अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट एआईजीज्ञवालीलाई चार महिना नपुग्दै त्यहाँबाट हटाइएको छ,उनीमाथि चेन अफ कमाण्ड नमानेको आरोप थियो ।

थप

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार ९६ जना इन्स्पेक्टरको पदस्थापन गरिएको हो । उनीहरुलाई गृह मन्त्रालयले यही साउन ३ गते बैठकले ९ गतेदेखि लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा नयाँ नियुक्ती दिएको थियो । उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रचलित नियमानुसार तलब, भत्ता खान पाउनेगरी पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थप

काठमाडौं । नेपाल प्रहरीका २६३ प्रहरी कार्यालय सहयोगीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले साउन महिना देखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी बुधबार उनीहरुको सरुवा गरेको हो । प्रहरी कार्यालय सहयोगीहरुलाई सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन पनि दिइएको छ ।

थप

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले सेवा प्रवाहको गुणस्तरलाई अभिवृद्धि गर्दै पीडित लक्षित भई सीमान्तकृत वर्गसम्म उत्कृष्ट सेवा पुर्‍याउन कटिवद्ध हुनुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपका घटनाको उद्दार कार्यमा प्रभावकारी ढंगले प्रहरी खटिरहेको चर्चा गर्दै आगामी दिनमा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए । सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना फैलाउन विभिन्न सरोकारवाला निकाय, स्थानीय…

थप

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा तथा पदस्थापनको प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै थप तीन एआईजीको सरुवा प्रस्ताव गरिएको हो । स्राेतका अनुसार नवनियुक्त एआईजी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन सिफारिस गरिएको छ भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको पनि सरुवा गरिएको छ । जसअनुसार हाल मेट्रो, रानीपोखरीका प्रमुख एआईजी दिपक थापालाई सीआईबी, लाजिम्पाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागकी एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ । थापालाई सीआईबीमा…

थप

काठमाडौं । स्कुल बसको ठक्करबाट मोरङको रंगेलीमा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान विद्यार्थी लिनका लागि विराटनगरबाट जाँदै गरेको अरनिको स्कुलको गाडीले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागञ्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो । तीब्र गतिमा रहेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा आइतबार बिहान ९ः४५ बजेतिर ठाकुर सवार साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा…

थप