काठमाडौं । उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको बिदाइ गरिएको छ । मंगलबारदेखि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी बज्राचार्यलाई सोमबार बिदाइ गरिएको छ ।
उनलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) ध्रुवराज राउतलगायत सिनियर प्रहरी अधिकृतहरुले विदाइ गरेका थिए । उनी उपत्यका प्रमुख बन्ने पहिलो महिला एआईजी थिइन् ।
बज्राचार्यले २०५१ सालमा प्रहरी निरीक्षकको रूपमा सेवा थालेर एआईजीसम्म बनेकी थिइन् ।
यससँगै उपत्यका प्रहरी कार्यालय प्रमुख पद रिक्त भएको छ । जहाँ अर्का एआईजी टेक प्रसाद तामाङको चर्चाअ छ ।
Facebook Comments Box
