काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले केही महत्वपूर्ण युनिटका डीएसपी हेरफेर गरेको छ ।
डीएसपी जिम्मेवारीमा सबैभन्दा आकर्षक मानिने प्रहरी बृत्त सोह्रखुट्टेमा जागेश्वर भण्डारी काज सरुवा भएका छन् ।
डीएसपी पोष्टिङको अर्को महत्वपूर्ण युनिट मानिने इलाका प्रहरी कार्यालय, सिमरा, बारामा सुभद्रा वाइवा तामाङ जाने भएकी छन् ।
त्यस्तै प्रहरी बृत्त, सिंहदरबारमा बेदबहादुर पौडेल र हुम्ला जिल्लाको प्रहरी प्रमुखमा शंकर पोखरेल काज सरुवा भएका छन् ।
Facebook Comments Box
