Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
कुकुरले उडायो दम्पतिको अस्ट्रेलिया सपनाः स्कुटर दुर्घटनामा निश्चलको मृत्यु, पुजा अस्पतालमा
काठमाडौं । भक्तपुरमा भएको स्कुटर दुर्घटनामा परी झापाको भद्रपुर नगरपालिकाकी पूर्वउपमेयर चन्द्रमायाँ श्रेष्ठका छोराको मृत्यु भएको छ । तीनदिन अघि भक्तपुरको सानोठिमीमा भएको स्कुटर दुर्घटनामा परी भद्रपुर– ८ निवासी चन्द्रमायाका छोरा २९ वर्षीय निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी गम्भीर घाइते भएका थिए । घाइते मध्ये निश्चलको नर्भिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार साँझ निधन भएका निश्चल चन्द्रमायाका एउटै सन्तान हुन् । पूजाको सोही अस्पतालमा उपचार भइरहेको छ । निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै घर फर्किएका थिए । बिहीबार राति पूनः अस्ट्रेलिया उड्ने तयारीमा रहेका उनीहरु सामान किनेर भक्तपुरस्थित घर फर्किने…
काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा २ अर्ब २४ करोडभन्दा बढी अर्ब राजश्व संकलन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले पछिल्लो पाँच महिनामा (२०८१ साउनदेखि मङ्सिरसम्म) २ अर्ब २४ करोड ११ लाख २० हजार ५८५ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै अवैध मालसमानबाट ९० करोड ५७ लाख ७३ हजार ९२६ रुपैयाँ राजश्व संकलन भएको छ । जुन प्रहरीले संकलन गरेको राजश्वको ४०.४२ प्रतिशत हो । त्यस्तै, दोस्रोमा ट्राफिक कारबाहीबाट ५२ करोड ७ लाख ८७ हजार ५२१ रुपैयाँ राजश्व संकलन भएको छ भने अदालती फैसला कार्यान्वयनबाट ४२ करोड ७४ लाख…
काठमाडौं । गौशाला, पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन् । यद्यपी उनले कसरी हत्या गरे भन्ने बारे भने पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ । जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी, प्रेमिका थिए । देवबहादुर केही समय जापान बसेर फर्किएका हुन् । थापा मंसिर ३० गते जापानबाट काठमाडौं आएका हुन् । ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका थापा काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए । मृतक सुस्मिताको घर…
काठमाडौं । सशस्त्र प्रहरीको मधेश प्रदेशस्थित नम्बर २ बाहिनीका बाहिनीपति (डीआईजी) कालिदास धौबजीलाई सशस्त्र प्रहरी मुख्यालयले छानबिनका लागि मुख्यालय बोलाएको छ । सशस्त्र मुख्यालयले बुधबार उनलाई सरुवा पत्र पठाएको हो । पदीय आचरणविपरीत काम गरेको भन्दै उनलाई सशस्त्र मुख्यालय बोलाइएको हो । उनीमाथि तस्कर समूहसँग मिलेर काम गरेको आरोप छ । सशस्त्र प्रहरीको मुलुकभर ८ वटा बाहिनी भएपनि पछिल्लो वर्षमा छानबिनका लागि बोलाइएका उनी पहिलो बाहिनीपति हुन् । सशस्त्र प्रहरीले आफ्नो वार्षिकोत्सवमा एक जनालाई उत्कृष्ट बाहिनीपति अवार्ड दिँदै आएकोमा धौबजी भने वार्षिकोत्सवको मुखैमा छानबिनका लागि मसख्यालय आउनु परेको छ । डीआईजी धौबजीको व्यवहारबाट त्यस क्षेत्रका व्यापारी र सशस्त्र प्रहरीका गणपति,…
काठमाडौँ । नेपाल प्रहरीका ५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको बिहीबार बसेको बैठकले प्रहरीका ५ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । डिआइजी बढुवा सिफारिस हुने एसएसपीमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल गोविन्द थपलिया रहेका छन् । बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको हो ।
काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)को रिक्त संख्या ५ पुगेको छ । बुधबार २ डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेसँगै रिक्त संख्या ५ पुगेको हो । यसअघि दुईजना एआईजी र एकजना डीआईजीले अवकाश पाएसँगै ३ पद रिक्त थियो । त्यसैले अब प्रहरीमा डीआईजीको रिक्त संख्या ५ पुगेसँगै करिब दुई दर्जन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु बढुवाको दौडमा छन् । यसअघि बढुवा गर्दा एसएसपीको वरीयताक्रम अनुसार नै बढुवा गरिएको थियो। अब पनि त्यसै गर्ने सम्भावना छ । तर ५ जना डीआईजीका लागि ६ जना एसएसपी मुख्य दाबेदार देखिएका छन् । एसएसपी ओमबहादुर राना अब डीआईजीमा बढुवा हुने एसएसपीको…
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ। बुधबार बढुवा समितिको बैठकले डिआइजी कुबेर कडायत र रविन्द्र केसीलाई एआइजी बढुवामा सिफारिस गरेको हो। उनीहरु हालका प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुवरका ब्याचमेट हुन् । कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने केसी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा निर्देशनालयमा कार्यरत छन् ।
काठमाडौं । नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पद रिक्त हुँदा पनि लामो समयदेखि बढुवा सिफारिस हुन सकिरहेको छैन । हाल एसएसपीको २५ पद रिक्त छ । प्रहरी उपरीक्षक (एसपी)हरुको चर्को प्रतिस्पर्धाका कारण बढुवा सिफारिस हुन नसकेको प्रहरी प्रधान कार्यालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृतले जानकारी दिए । बढुवामा जुनियर एसपीहरुले राजनीतिक शक्तिकेन्द्रमार्फत प्रहरी प्रमुखलाई चर्को दबाब दिएको कारण बढुवा रोकिएको हुनसक्ने ती अधिकृत बताउँछन् । उनले भने, ‘जबकी ती एसपीहरु कार्यक्षमतामा समेत कमजोर छन् ।’ सबैभन्दा बढी दबाब दिनेमा ४/५ जना एसपीहरु छन् । ती एसपीहरु हुन् पदम बिष्ट, योगेन्द्र सिंह थापा र चक्रराज जोशी, । यिनीहरु…
राखेपको उपाध्यक्ष नियुक्तदेखि सम्पत्ति शुद्धीकरण दिवस मनाउनेसम्म, यी हुन मन्त्रिपरिषद्का २० निर्णयहरू
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो । एमालेनिकट आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष पनि हुन् । सरकारले अघिल्लो हप्ता राखेप सदस्यहरू मनोनीत गरेको थियो । मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद्ले खानेपानी तथा सरसफाइ नियमावली, ऊर्जा विकास मार्गचित्र स्वीकृत गरेको छ भने निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय…
काठमाडौं । नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ । मंगलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट पाँच एसएसपीहरुको सरुवा भएको हो । सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा भएका छन् । परिसर ललितपुरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ । त्यस्तै रानिपोखरीका एसएसपी विनोद घिमिरेलाई भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ । अपराध अनुसन्धान विभागका कार्यरत रहेका एसएसपी भुपेन्द्र खत्रीलाई…