काठमाडौँ । नेपाल प्रहरीका ५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको बिहीबार बसेको बैठकले प्रहरीका ५ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।
डिआइजी बढुवा सिफारिस हुने एसएसपीमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल गोविन्द थपलिया रहेका छन् ।
बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको हो ।
Facebook Comments Box
