Author: Scoop Khabar

रत्ननगर । स्थानीय महको बजारीकरणमा देखिएका समस्या, महको व्यवस्थापन, मह निर्यात लगाएतका विषयमा काठमाडौं स्थित कृषि मन्त्रालयको सभाहलमा छलफल गरिएको छ । सो अवसरमा चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले कृषि मन्त्री रामनाथ अधिकारी समक्ष समग्र राष्ट्रिय मौरीपालक किसानको समस्या चितवनको कालिकामा रहेकाले मौरीपालक किसानद्धारा उत्पादित महको बजारीकरण समस्या आफुले प्रत्यक्ष देखिकोे हुनाले कृषि मन्त्री अधिकारीलाई नेपालमा उत्पादित महलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिए । कालिकामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन मन्त्री अधिकारी समक्ष मेयर रेग्मीले अनुरोध गरेका छन् । “किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा सोचेभन्दा उत्पादन बढाउन…

थप

रत्ननगर । भरतपुर महानगरपालिकालाई उछिन्दै ग्रामिण क्षेत्रमा रहेको कालिका नगरपालिका स्थानीय तह संस्थागत क्षमता मुल्याङकन (लिजा) मा तेस्रो हुन सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता मुल्याङकन (लिजा) मा रत्ननगर पहिलो हुँदा खैरहनी नगरपालिका जिल्लामै दोस्रो भएको छ । विकासको हिसावले अग्रणी स्थानमा रहेको जिल्लाको एकमात्र महानगरपालिका भरतपुर भने चौथो भएको छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सबै भन्दा पछि स्थापना भएको कालिका नगरपालिका तेस्रो हुनुलाई सकरात्मक रुपमा लिएको बताए । रत्ननगर र खैरहनी क्रमश जिल्लामा प्रथम र दोस्रो हुँदा कालिकाले सुरक्षित गरेको स्थान निराशजन नरहेको उनले बताए । लिजालाई चाहिने…

थप

काठमाडौं । समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ । मुक्तिनाथ मन्दिर नजिकै रु तीन करोड ६० लाख ५२ हजार ८८ लागतमा भवन निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालयले पाँच रोपनी तीन आना क्षेत्रफल जग्गामा तीन तलाको ब्यारेक भवन, भान्छा कोठा र शौचालय निर्माण गरेको हो । यसअघि रानीपौवाको पुरानो धर्मशालाका चार कोठाबाट कार्यालय सञ्चालन भइरहेको थियो । रानीपौवा क्षेत्रको सुरक्षालाई ध्यान दिँदै अब नयाँ भवनबाटै कार्यालय सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक…

थप

टेक्सास । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । बुधबार होस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो । यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ । होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । उनीमाथि गोली प्रहार भएको थियो । सिसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन् । प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभइसकेको बताएको छ । यद्यपि मुना…

थप

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद केसीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्नु नहुने बताए । उनले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने/नगर्ने भन्दापनि सम्पूर्ण वक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताए । उनले घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने बताए । उनले भने– ‘विद्युतिकरण र विद्युत उपभोक्ताचाहीँ ६७ लाख परिवार छन् । त्यो परिवारसम्म पुग्ने सन्देश, कुलमानजी चाहीँ बाँकी वक्यौता सबै उठाउनुपर्छ भन्ने । अनि हामी चाहीँ कुलमानलाई कारबाही गर्ने…

थप

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् । आईजीपी कुँवरले अब उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताए । कुँवरले नवनिर्मित भवन नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत सम्पत्ति भएको चर्चा गर्दै प्रहरी र जनताबीचको समन्वय र सहकार्यले अपराध रोकथाम तथा अनुसन्धान थप प्रभावकारी हुने बताए । उनले नागरिकको सुरक्षाका लागि मुलुकका विभिन्न स्थानहरूमा विद्यमान चुनौतीहरूको सामना गर्दै हर प्रहर ड्युटीमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई आवश्यक सुरक्षा मापदण्ड सहितको सुविधा…

थप

काठमाडौं । टेक्सासको ह्युष्टनमा गोली लागेको अवस्थामा मृत भेटिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई एकल महिला अनिता पाण्डे अधिकारीले निकै संघर्ष गरेर हुर्काएकी थिइन् । पारिवारिक स्रोतका अनुसार  श्रीमानबाट अपहेलित भएपछि एक्लै बसेर छोरीलाई हुर्काएकी अनिताले आफै काम गरेर निकै संघर्ष गरेर हुर्काएकी थिइन् । ५ बर्षदेखि एक्लै बसेर अनिताले मुनालाई सनु २०२१ मा  स्नातक अध्ययनका लागि अमेरिका पठाएकी थिइन् । पारिवारिक स्रोतका अनुसार मुना सुरुमा नेपालबाट गएको साथीसँग बसेकी थिइन् । पछिल्लो समय भने मुना अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । मुनाको एकजना  अमेरिकनसँग प्रेमसम्बन्ध रहेको पारिवारिक स्रोतले पुष्टी गरेको छ । मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियोपनि आमा…

थप

काठमाडौं । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ नेपाली अलपत्र परेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुकहुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो रहेका भन्दै दूतावासले भनेको छ, ‘संगठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठुलो धनराशि खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ ।’ यस्तो पृष्ठभूमिमा…

थप

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट वेपत्ता भएकी नेपाली नर्स ममता भट्टको ‘हत्या’ गरेको आशंकामा उनकै श्रीमान नरेश भट्ट प्रहरी हिरासतमा छन् । भट्टले श्रीमतीको हत्या गरी शव लुकाएको प्रहरीले बताएको छ । काभ्रे घर भएकी ममता गत ३० जुलाइबाट अमेरिकामा सम्पर्कविहिन भएकी थिइन् । उनका श्रीमानले भने ५ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए । नेपाली समुदायले सुरुबाटै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टराई पक्राउ गरेको हो । यद्यपि भट्टले अपराध स्वीकार गरेका छैनन् । हिजो उनलाई मनसासस्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । उनले आफूलाई अंग्रेजी राम्रो बोल्न नआउने भन्दै दोभासेमार्फत बयान…

थप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा मंगलबार सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई रोक्न निर्देशन दिए । उनले १५ खर्बसम्म राजस्व सङ्कलन हुने अर्थतन्त्रको क्षमता भएकाले लक्ष्यअनुसार सङ्कलन हुन केके गर्नुपर्छ, त्यसको ठोस योजना ल्याउन आग्रह गरे । छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान…

थप