काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिस भएसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट डीएसपी बढुवाको बाटो खुलेको छ । प्रहरी मुख्यालयले बढुवाको तयारी समेत गरेको छ ।
हाल नेपाल प्रहरीमा डीएसपीको ७५ दरबन्दी रिक्त छ । यसअघि नेपाल प्रहरीमा ३८ डीएसपी पद रिक्त थियो । रिक्त डीएसपीको संख्या ७५ पुगेसँगै प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरबाट डीएसपी बढुवाको तयारी सुरु गरेको हो ।
अहिले डीएसपी बढुवाको मुख्य प्रतिस्पर्धामा २०६४ मा इन्स्पेक्टर भएका एकजना र २०७० मा इन्सपेक्टरमा भर्ना भएका टोलीहरु प्रतिस्पर्धामा छन् । कारबाहीबाट सफाइ पाएका इन्स्पेक्टर चन्द्रबहादुर थापा सूचीको पहिलो नम्बरमा छन् ।
२०७० मा इन्सपेक्टरमा भर्ना भएका १४४ जनामध्ये यो ब्याचका अझै ७९ जना भने इन्सपेक्टरमै छन् । २०७० को ब्याचबाट यसअघि दुई लटमा डीएसपी बढुवा भइसकेका छन् ।
पहिलो लटमा २२ जेठ २०८० मा २०७० को ब्याचका ४६ जना डीएसपीमा बढुवा भएका थिए । यही ब्याचको दोस्रो लटको रुपमा २२ चैत २०८० मा थप १९ जना डीएसपी बढुवाका लागि सिफारिस भएका थिए ।
यो ब्याचका अझै ७९ जना भने इन्सपेक्टर नै रहेका कारण अब उनीहरुबाटै डीएसपी बढुवा निकाल्ने प्रहरी हेडक्वार्टरको तयारी छ । तर, डीएसपीको ७५ पदमात्रै खाली छ । जसकारण २०७० को ब्याचका ४५ अधिकृतहरु तेस्रो लटको बढुवामा समेत छुट्ने निश्चित छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले बढुवा सिफारिसमा परेका एसपीहरूलाई दज्र्यानी चिन्ह लगाइदिएपछि इन्स्पेक्टरबाट डीएसपी बढुवा प्रक्रिया अगाडि बढ्ने बताए ।
इन्स्पेक्टरबाट डीएसपी बढुवालाई विवादरहित बनाउने प्रयासमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर रहेका छन् । आईजीपी कुँवरले इमान्दार र अब्बल क्षमताका प्रतिस्पर्धीलाई बढुवा गर्नेगरी तयारी गरिरहेको स्रोत बताउँछ ।
प्रहरी नियमावली, २०७१ ले इन्स्पेक्टरबाट डीएसपीमा बढुवा गर्न बढुवा समितिको अध्यक्ष प्रहरी महानिरीक्षकलाई तोकेको छ । समितिको सदस्यमा गृह मन्त्रालयको सहसचिव र सदस्य–सचिवमा प्रहरी महानिरीक्षकले तोकेको एआईजी रहने व्यवस्था नियमावलीले गरेको छ ।
प्रतिस्पर्धामा को-को ?
२०६४ का इन्स्पेक्टर
चन्द्रबहादुर थापा
२०७० का इन्स्पेक्टरहरु
- चन्द्रबहादुर थापा
- इन्द्रजित इटनी
- प्रताप पौडेल
- बोधराज रेग्मी
- वीरदत्त पन्त
- टेकेन्द्र शर्मा पौडेल
- गंगाबहादुर सारु
- टेकबहादुर जोरा
- प्रवीण कार्की
- रमेश दत्त अवस्थी
- चन्द्रकुमार सिंह
- राजु खत्री
- हिमबहादुर खत्री
- मधु नेपाल
- मोहनजंग बुढाथापा
- चक्रबहादुर डम्बरपाल
- अनिलराज गिरी
- सुरेन्द्रप्रसाद जोशी
- पविन्द्रबहादुर बम
- गणेश सापकोटा
- आशिष अधिकारी
- शंकरप्रसाद आचार्य
- वसन्त गौतम
- राजन रायमाझी
- पञ्चलाल गोले
- जनक पुरी
- लोकबहादुर जीसी
- केदारमान दोङ
- केशवराज ज्ञवाली
- दीपक सुवेदी
- पुष्कर बोगटी
- चन्द्रभुषण यादव
- वसन्त पाण्डे
- प्रशन्नराज चौधरी
- विष्णु प्रदीप बस्याल
- शिला थापा
- सुरेश गौतम
- भीमबहादुर खड्का
- रामचन्द्र तिवारी
- मिलन बस्नेत
- यमलाल बञ्जाडे
- गुरुप्रसाद तिम्सिना
- खुमानन्द पाण्डे
- दिवस बहादुर जीसी
- राजेन्द्रकुमार उपाध्याय
- हरिबहादुर बीसी
- गणेशचन्द्र कोइराला
- विक्रम लामा
- होमप्रकाश चौधरी
- पदमराज थापा
- राजकुमार सिंह
- गोपीकृष्ण सुवेदी
- हिमबहादुर खत्री
- देवेन्द्रकुमार मल्ल
- मोहनजंग बुढाथापा
- शैलेश न्यौपाने
- अनिलराज गिरी
- शैलेन्द्रकुमार भट्ट
- योगराज खतिवडा
- डम्बरबहादुर पुरी
- सरोज राई
- लोकेन्द्रसिंह गुरु
- हिरासिंह महरा
- सन्तोष श्रेष्ठ
- बुद्धिसागर पुरी
- हेमराज घिमिरे
- हस्तबहादुर सुनार
- गोविन्द रावत
- सुवास भट्टराई
- देवेन्द्रबहादुर शाह
- नरेशराज मल्ल
- हिमा थोकर
- राजिव श्रेष्ठ
- भाष्कर खतिवडा
- सुरजबहादुर खड्का
- कृष्णप्रसाद बिष्ट
- अनिल पण्डित
- मदन थापा
- वकिलबहादुर सिंह
- हरिबहादुर बस्नेत
- शंकर खड्का
