Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । बाराको सिमरा (जितपुर) बाट १० दिनदेखि हराइरहेका ३ वर्षीय बालक मृत फेला परेका छन्। पर्साको वीरगन्ज महानगरपालिका–३२, टेढा गाउँ नजिकै रहेको सियासोती खोलामा उनको शव फेला परेको छ। सिमरा उपमहानगरपालिका–७, जितपुर बजारस्थित मावली घरबाट १७ माघमा खेल्न निस्किएका रौतहटको दुर्गा भवानी गाउँपालिका–१, निवासी रितेश चौधरी जयसवालका ३ वर्षीय छोरा अंशु जयसवालको शव शनिबार खोलामा फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक (डीएसपी) शुभद्रा वाइबाका अनुसार बालकको शव घोप्टो परेको अवस्थामा फेला परेको हो। पत्नी सुत्केरी भएपछि रितेशले अंशुलाई ससुरालीमा छोडेका थिए। सामान्य परिवारका उनीहरु रौतहटको चन्द्रनगर नगरपालिका बजारमा कोठा भाडामा लिएर बस्दै आएका छन्।…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र ठगमाथि निर्धक्क भएर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु पेभिलियन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको दबाबमा नपरी प्रमाण र तथ्यमा आधारित भएर न्यायसंगत अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए।उनले देशमा विधिको शासन तथा शान्ति सुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले भने,’तपाईंहरू जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन् । त्यसैले तपाईंहरू संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस् । कुनै तस्कर,…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रणमा प्रहरीको काम प्रशंसनीय रहेको बताएका छन् ।नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’को उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् । उनले मुलुकमा भइरहेका अपराध नियन्त्रणमा प्रहरीले गरिरहेका काम प्रशंसनीय रहेको बताए । गृहमन्त्रालयले मुलुकमा शान्ति सुरक्षा कायम गर्नुका साथै नीतिगत र कानुनी सुधारमा पनि काम गरिरहेको उनको भनाई छ । गृहमन्त्री लेखकले सरकार गठन भएको ७ महिनामा सरकारले आफ्ना काम, लक्ष्य, उद्देश्य र क्रियाकलापलाई प्राथमिकीकरण गरेर अगाडि बढेको बताए । गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐन तर्जुमा गरेर संसद्मा दर्ता गराएको बताउँदै उनले सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन पनि समयसापेक्ष रूपले…
काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियु विद्यार्थी नेताहरुले बर्दीधारी प्रहरीमाथि सांघातिक आक्रमण गरेका छन् । गएराती रक्सी खाएर होहल्ला गरिरहेको अवस्थामा प्रहरीले भेटेर सम्झाउन खोज्दा उल्टै उनीहरुले प्रहरीमाथि कुटपिट गरेका हुन् । अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख रहेका कमल जोशी, अस्कल क्याम्पस अनेरास्ववियु उपाध्यक्ष दिनेश सिग्देललगायत ५/६ जनाको समुहले प्रहरीमाथि कुटपिट गरेका हुन् । हाल उनीहरु फरार रहेका छन् । कुटपिटबाट प्रहरी बृत्त दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार रघुलाल घर्ती र प्रहरी जवान नगेन्द्र बिष्ट घाइते भएका छन् । घाइते प्रहरीहरुलाई तत्कालै ट्रमा सेन्टरमा उपचारको लागि लगिएको थियो । हाल उनीहरुको स्वास्थ अवस्था सामान्री रहेको प्रहरीले जनाएको छ…
काठमाडौं । पाल्पामा घर बहालको १४ सय रूपैयाँ नदिएपछि घरबेटीले डेरावालको हत्या गरेका छन् । तानसेन नगरपालिका-१४ साँचामा ५२ वर्षीय रूद्रबहादुर बुढाथोकीको हत्या भएको घटनामा सोही घरका घरबेटीलाई पक्राउ गरेको छ । बुढाथोकी माधव बिष्टको घरमा बहालमा बस्दै आएका थिए । बुधबार बिहान ८ बजे रूद्रबहादुर मृत फेला परेको घरका घरबेटी ३१ वर्षीय माधव विष्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए । यता विष्टले हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । रूद्रबहादुर रिब्दीकोट गाउँपालिका-१ जोगीथुमका हुन् । मजदुरी गर्ने उनी विगत ६ महिनादेखि तानसेन बस्दै आएका थिए । साँचामा ढुंगामाटोले बनेको माधव विष्टको दुई तले…
नेपालको ठूलो एलओडी क्लब छैटौँ वर्षमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति
काठमाडौँ । ठमेलस्थित एलओडी क्लबले छैठौँ वार्षिकोत्सव ६ दिन मनाउने भएको छ । स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो । क्लबका अनुसार माघ २६, २८ फागुन १, २ ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । पहिलो दिन अर्थात् माघ २६ गते पुर्णराई एण्ड दाजुभाई, श्रीगो एण्ड द गेन र लिसियस प्रस्तुती गर्ने छन् । माघकै २८ गते कुमासागर एण्ड द ख्वापले पस्तुती गर्ने छन् । साथै फागुनको एक, दुई, आठ र नौँ गते क्रमशः समिर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स…
काठमाडौँ । पैसाका लागि मान्छे कति हदसम्म गिर्न सक्छ ? भन्ने उदाहरण बनेकी छिन् चितवन रत्ननगर नगरपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–१३, कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हनी ट्रयापमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । उनले इलेक्ट्रिक सामानहरु विक्रि तथा मर्मत गर्ने व्यक्तिलाई ‘कुकर बनाउँनुछ’ भन्दै बोलाएर ‘पैसा नदिए बलात्कारको उजुरी हाल्छु’ भन्दै धम्क्याएको पाइएको छ । अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले ती व्यक्तिलाई पटक–पटक फोन गरेर बोलाएको तर पछि रकम माग गरेर नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनेर रकम असुलेको आरोप प्रहरीले जनाएको छ । रकम नदिए प्रहरी तथा परिवारमा समेत…
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र राम चमारको मृत्यु भएको छ । ड्युटीमै रहेका वेला अचानक श्वास लिन समस्या भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएकाे थियाे । पछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् । बुधबार साँझ ५ बजे उनलाई श्वास लिन असहज भएको थियाे । साँझ ६:१५ मा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । सुगर तथा ब्लडप्रेसर रोगबाट पीडित रहेका असइ चमारलाई अचानक श्वास लिन समस्या भएपछि चिकित्सकले सिपिआरसहितको कृत्रिम माध्यमले अक्सिजन पूर्ति गर्ने प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला…
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं एआइजी टेकबहादुर तामाङले गुण्डागर्दीमा संलग्नको ‘प्रोफाइलिङ’ गरिरहेको बताएका छन्। उपत्यका कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै गुण्डागर्दी नियन्त्रणका लागि प्रोफाइलिङ गरिरहेको बताएका हुन्। ‘आममानिसलाई त्रास देखाएर ठगी गर्ने, अपराधलाई बढावा दिने, गुण्डागर्दी गर्नेहरूको प्रोफाइलिङ गर्दैछौं,’ उनले भने, ‘उनीहरू कुनै टोले गुण्डा होस् वा राजनीतिक संरक्षण प्राप्त गरेकै व्यक्तिहरू होस्।’ यस्तै कार्यालयले सामाजिक सञ्जालमा त्रास फैलाएको आरोपमा ७ जनालाई पक्राउ गरेको पनि एआइजी तामाङले जानकारी दिए। ‘हिजो भर्खरै सात जनालाई अपराध अनुसन्धानले पक्राउ गरेको छ। आफ्नो प्रभाव छाड्नका लागि तरबार खुकुरीले केक काटेर त्रास फेलाउने काम गरेका छन्,’ उनले भने। कार्यक्रममा कार्यालयले गर्दै आएका कामकारबाहीबारे…
काठमाडौं । प्रहरीले मानव बेचबिखनमा संलग्न आरोपमा नेपाली कांग्रेस अछामको क्षेत्र नम्बर–१ का सभापतिलाई पक्राउ गरेको छ । क्षेत्रीय सभापति ताराप्रसाद खनाललाई माघ २१ गते धनगढीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो । पोल्याण्ड पठाउँछु भनेर उनले केही व्यक्तीहरुलाई भारत, उज्बेकिस्तान र युएईमा लगेर अलपत्र बनाएको आरोप छ । उनीविरुद्ध थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।