काठमाडौँ । पैसाका लागि मान्छे कति हदसम्म गिर्न सक्छ ? भन्ने उदाहरण बनेकी छिन् चितवन रत्ननगर नगरपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–१३, कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हनी ट्रयापमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । उनले इलेक्ट्रिक सामानहरु विक्रि तथा मर्मत गर्ने व्यक्तिलाई ‘कुकर बनाउँनुछ’ भन्दै बोलाएर ‘पैसा नदिए बलात्कारको उजुरी हाल्छु’ भन्दै धम्क्याएको पाइएको छ ।
अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले ती व्यक्तिलाई पटक–पटक फोन गरेर बोलाएको तर पछि रकम माग गरेर नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनेर रकम असुलेको आरोप प्रहरीले जनाएको छ ।
रकम नदिए प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भनी धाक धम्की, डर त्रास देखाई पीडितसँग रकम असुली गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेकी अस्मितालाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
