काठमाडौं । प्रहरीले मानव बेचबिखनमा संलग्न आरोपमा नेपाली कांग्रेस अछामको क्षेत्र नम्बर–१ का सभापतिलाई पक्राउ गरेको छ ।
क्षेत्रीय सभापति ताराप्रसाद खनाललाई माघ २१ गते धनगढीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।
पोल्याण्ड पठाउँछु भनेर उनले केही व्यक्तीहरुलाई भारत, उज्बेकिस्तान र युएईमा लगेर अलपत्र बनाएको आरोप छ । उनीविरुद्ध थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
Facebook Comments Box
