Author: Scoop Khabar

कञ्चनपुर । कञ्चनपुरमा एक किशोरी जबरजस्ती करणीको सिकार बनेकी छन् । जिल्लाको कृष्णपुर नगरपालिका–४ की १७ वर्षीया किशोरी जबरजस्ती करणीको सिकार बनेकी हुन् । कृष्णपुर नगरपालिका–२ का दुई युवाले मादक पदार्थ सेवन गरेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ । कृष्णपुर नगरपालिका–२ का २३ वर्षीय रमेश चौधरी र २७ वर्षीय सुरेश चौधरीका नाममा इलाका प्रहरी कार्यालय झलारीमा पीडित किशोरीकी आमाले उजुरी दिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए । गत भदै २१ गते साँझ किशोरीमाथि जबरजस्ती करणीको प्रयास भएको उनले बताए । किशोरीलाई फोन गरेर काम छ भन्दै जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप पीडित पक्षको छ…

थप

एजेन्सी । युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा महरा चर्चामा छिन् । उनले हालै आफ्ना पति शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतौमसँग सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी हुन् । अहिले महराले नयाँ परफ्युम लन्च गरेर मानिसको ध्यान तानेकी छिन् । उनले आफ्नो परफ्युमको नाम ‘डिभोर्स’ राखेका कारण चर्चामा आएकी हुन् । यसका कारण सामाजिक सञ्जालमा महराको निकै चर्चा भइरहेको छ । दुबईकी ३० वर्षीया राजकुमारीले आफ्नो ब्राण्ड महरा एम १ अन्तर्गत डिभोर्स नामको परफ्युम लन्च गरेकी छन् । दुबईका शासककी छोरीले सोमबार इन्स्टाग्राममा यो जानकारी दिएकी हुन् ।…

थप

विपिन यादवजनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषाले जटहीमा लागुऔषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सशस्त्र प्रहरी बल नं ८ गण धनुषाको आयोजनामा स्थानिय, युवायुवतीलाईलाई सहभागी गराएर लागुऔषध दुर्व्यसन भनेको के हो, यसका कारण, यसले गर्ने हानी नोक्सानी तथा कानुनी सजायका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको हो । पछिल्लो समयमा लागुऔषध दुर्व्यसनमा किशोरावस्थाका युवायुवतीले नै बढि संलग्न हुने गरेको देखिएकाले उक्त कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ । युवायुवतीलाई लागु औषध बारे जानकारी गराउँदै सचेत गराई सभ्य समाज निर्माणमा मद्दत पुगोस् भन्ने उदेश्यका साथ सिमा-नाकामा कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी एसपी दर्शन…

थप

काठमाडौं । नाडा अटो शो २०८१ मा सीजी मोटर्सले विभिन्न ८ वटा ब्राण्डहरु प्रदर्शनमा राखेको थियो । शो सकिए लगत्तै सीजी मोटर्सले आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको छ । चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको दायुन ग्रुपले चीन बजारको सफलता पश्चात चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले दायुन युइहु सब-कम्प्याक्ट एसयुभी नेपाली बजारमा बिक्री वितरण सुरु गर्न लागेको हो । नेपाली बजारकै मोष्ट अफरडेवल सब-कम्प्याक्ट एसयुभी, दायुन युइहु चाँडै नै सार्वजनिक गर्ने सीजी मोटर्सले जनाएको छ । दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्सको विज्ञप्तिमा उल्लेख छ। दायुन युइहुमा ३९ किलोवाटको मोटर…

थप

काठमाडौं । नेपाल प्रहरीले अनुसन्धानमा खटाउनका लागि विदेशबाट १२ वटा कुकुर किनेर ल्याएको छ । २९ लाख रुपैयाँ मूल्य बराबरको कुकुरका लागि गत चैतमा टेन्डर आह्वान गरिएको थियो । प्रक्रिया पुरा गरेर कुकुर ल्याइएको हो । यसरी ल्याएकामध्ये ४ वटा कुकुर नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा राखेर अरु ८ वटा विभिन्न प्रदेशका शाखाहरुमा पठाइएको केनाइन शाखाका एसपी रामचन्द्र सत्यालले जानकारी दिए । ल्याइएका कुकुरमा जर्मन शेफर्ड लगायत तीन जातका छन् । उनका अनुसार कुकुरहरु ३ महिनादेखि ७ महिनासम्म उमेरका ल्याइएको हो । विदेशबाट ल्याएका कुकुरलाई दैनिक ६ महिनासम्म तालिम दिने गरिन्छ । तालिम अवधि पुरा भएपछि अनुसन्धानमा खटाउने गरिएको छ…

थप

काठमाडौं । सिजी मोटर्स प्रा.लि.ले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दशैंतिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासी मालामाल अफर सार्वजनिक गरेको छ ।  हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योरसट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटाभिइभी कार’जित्ने अफर पनि ल्याएको हो । कम्पनीले‘ दशैंतिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’योजना पनि ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योरसट नगद छुट पाइनेछ ।

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा उपसभापति धनराज गुरुङको नाम मुछिएपछि उनीमाथि पनि छानबिन हुनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको महामन्त्री थापाको भनाई छ । उनले उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने बताए । गुरुङ आफैले सदनमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई नगर्न नहुने महामन्त्री थापाले बताए । कुनै पनि प्रकरणमा कानुनको उलंङ्घन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको महामन्त्री थापाको भनाई छ…

थप

काठमाडौं । सशस्त्र प्रहरी बलमा महानिरीक्षक (आईजीपी) र अतिरिक्त महानिरीक्षक (एआईजी) दुवैको पदावधि घटाउने प्रस्ताव अघि बढेको छ । गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा पदावधि चार वर्षबाट तीन वर्षमा घटाउने प्रस्ताव गरिएको छ । यसले सशस्त्र नेतृत्वमा तरंग ल्याएको छ । यो प्रस्ताव पास भएमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले २०८२ को १० वैशाखमा अवकाश पाउनेछन् । त्यसपछि आईजीपीको प्रतिस्पर्धामा नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल रहनेछन् । गौतमले पनि वैशाखमै अवकाश पाउने भएकाले पौडेल र दाहालबीच प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ । पौडेल आईजीपी भएमा दाहालले असोजमा यही प्रावधानका कारण अवकाश पाउनेछन् भने दाहाल…

थप

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली प्रहरी सेवाबाट अनिवार्य अवकाशमा गएका छन् । साथै उनको आज एक कार्यक्रममा बिच बिदाइ समेत भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाटअनिवार्य अवकाशमा जान लागेका एआईजी ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच बिदाइ गरेका हुन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले सेवा निवृत्त हुन लागेका ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्चव्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको बताए । अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा गरेको अतुलनीय योगदान दिएको भन्दै आईजीपी कुँवरले एआईजी ज्ञवालीको प्रसंशा…

थप

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको पेन्सन अवधि १६ वर्षमा झारिएको छ । दुवै प्रहरी संगठनको ऐनमार्फत जवनाहरूको पेन्सन अवधि १६ वर्ष कायम गरिएको हो । यसले गर्दा तल्लो तहको प्रहरी कर्मचारीलाई राहत पुग्ने बताइएको छ । १६ वर्षमा जागिर छाड्दा प्रहरी संगठनभित्र नयाँ कर्मचारीहरू भर्ती हुन पाउने र अवकाशमा गएकाले अर्को जागिर खान सक्ने सम्भावना हुँदा आर्थिक रुपमा समेत राहत हुनेछ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐनको मस्यौदामा १६ वर्ष पेन्सन अवधि उल्लेख गरेको छ । लामो समयदेखि तल्लो तहका प्रहरी कर्मचारीले माग गर्दै आएको सो विषय समेटिएको हो । गृह मन्त्रालयले नेपाल प्रहरी…

थप