काठमाडौं । धनुषामा एक महिलाको हत्या गरी घरकै पूजाकोठामा शव गाडेको अवस्थामा फेला परेको छ। लक्ष्मीनियाँ गाउँपालिका बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा फेला परेको हो।
अञ्जली र उनका पति दुवै जना वेपत्ता भएको हल्लाखल्ला चलेपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो। शंका लागेपछि घरमै खोजतलास गर्दा उनको शव सडेकलेको अवस्थामा फेला परेको हो।
शनिबार दिउँसो करिब १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरीले जनाएको छ। धनुषाका डीएसपी वरुणबहादुर सिंहका अनुसार उनका श्रीमान हरिराम यादव फरार छन्।
अञ्जलीको हत्या हरिरामले नै गरेर शव गाडेर फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ। हरिराम १० महिनाकी छोरीसहित वेपत्ता छन्। स्थानीयका अनुसार गत शनिबार रामहरिका पतिपत्निबीच विवाद भएको थियो।
त्यसको भोलिपल्टदेखि अञ्जली र मंगलबारदेखि रामहरि पनि बेपत्ता भएका थिए।
