काठमाडौं । नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) शंकर श्रेष्ठले हवल्दारमाथि कुटपिट गरेको पाइएको छ । घटना गत शुक्रबार राति वीरगञ्ज पर्सामा भएको हो ।
जिल्ला ट्राफिक कार्यालय, पर्सामा कार्यरत हवल्दार महेशदत्त बढुमाथि इन्सपेक्टर श्रेष्ठले कुटपिट गरेको स्रोत बताउँछ । इन्स्पेक्टर श्रेष्ठले मदिराको नसामा कुटपिट गरेको बताइन्छ ।
नगर प्रहरी, भृकुटीमण्डप काठमाडौंमा कार्यरत इन्स्पेक्टर श्रेष्ठ वीरगञ्जस्थित मकालु होटलमा पुगेका थिए । केही साथीमार्फत हवल्दार बढु पनि त्यहाँ आयोजित भोजमा पुगेका थिए ।
नसाको सुरमा सानो दर्जाको व्यक्ति भएर ठूला कुरा गरेको भन्दै इन्स्पेक्टरले हवल्दार बढुमाथि गालीगलौच गरी कुटपिट गरेका हुन् । यस विषयमा हवल्दार बढुले माथिल्लो निकायमा उजुरी गरेको बताइएको छ ।
Facebook Comments Box
