काठमाडौं । नयाँ बानेश्वरमा ‘स्वर्गद्वारी गुठी पीडित टेन्सी संघर्ष समिति’ ले गरेको प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारी किसानबीच झडप भएको छ ।
झडपमा सिंहदरबार प्रहरी वृत्तका प्रमुख डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको मीनभवनस्थित निजामती अस्पतालमा उपचार भइरहेको छ ।
विरोध समितिले केही समयदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएको छ ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतले जानकारी दिए ।
केही प्रदर्शनकारी घाइते भएको पनि बताइएको छ ।
प्रहरीले बानेश्वरबाट १२ जना आन्दोलनकारीलाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा ५ महिला र ७ पुरुष रहेका छन् ।
Facebook Comments Box
