Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्र्नेमा जोड दिएका हुन् । उनले बसोबासका लागि आवश्यक हुने घर जग्गाको कारोबार नियमितरुपमा हुने भए पनि धेरै लगानी गरेर लामो सयम खाली हुने अपार्टमेन्टहरु सहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास…
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा आइतबार दिउँसो १२:३० बजे भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको भारतीय कुखुरा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बलिनगरले नियन्त्रणमा लिई नष्ट गरेको छ । भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा नेपाल ल्याएको भन्दै १ सय ७० वटा ब्रोइलर कुखुरा नष्ट गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बलिनगरका सशस्त्र प्रहरी निरीक्षक संतोष सापकोटाले जानकारी दिए । मोटरसाइकलमा लोड गरेर ल्याउँदै गरेको ब्रोइलर कुखुरा सुस्ता गाउँपालिका-५ बनकट्टीमा सशस्त्र प्रहरी निरीक्षक सापकोटाको नेतृत्वमा रहेको गस्ती टोलीले नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीलाई देख्नासाथ अवैध रूपमा भारतबाट कुखुरा ल्याउने मानिस ब्रोइलर कुखुरा फालेर मोटरसाइकलसहित फरार भएको सशस्त्र…
मकवानपुर । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले २२३ केजी लागूऔषध गाँजा बरामद गरेको छ । मकवानपुर हेटौडा उप महानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पुर्व पश्चिम लोकमार्ग सडकमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा हेटौडाबाट पथलैयातर्फ जादैं गरेको बा २१ च ५२२६ नं. को पिकअप गाडीमा गाँजा भेटिएको हो । प्रहरीले पिकअप गाडी चालक जिल्ला धादिङ थाक्रे गा.पा.-०४ बस्ने वर्ष ३४ को जिवन मगर र सोही गाडीमा सवार ऐ. वडा नं. ०६ बस्ने वर्ष ३० को प्रदिप क्षेत्रीलाई शंका लागि नियन्त्रणमा समेत लिएको छ । बरामद लागूऔषध, पिकअप गाडीसहित निजहरु जिवन मगर र प्रदिप क्षेत्रीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट १०…
डोटी । जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत डोटीबाट दोषी ठहर भएका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले आइतबार बिहान दिपायल सिलगढी नगरपालिका वडा नं. ७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई अदालतबाट दोषी ठहर भएको ९ वर्षपछि पक्राउ गरिएको डीएसपी भीमलाल भट्टराइले जानकारी दिए । खड्का दिपायल सिलगढी नगरपालिकामा सवारी चालकका रुपमा कार्यरत रहेका थिए । जिल्ला अदालत डोटीले २०७२ साउन ३० गते दोषी ठहर गर्दै ३ वर्षका लागि जेल सजाय तोकेको थियो । तर उनी भने त्यसयता फरार रहँदै आएका थिए । प्रहरीले आइतबार नै उनलाई जिल्ला अदालत डोटीमा पेस गरेको छ ।
काठमाडौं । बाल दिवसको अवसरमा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा आयोजित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार भएको इश्नाकोटार तलमा अध्ययनरत व्याचलर विद्यार्थीहरूले आयोजना गरेको यस प्रतियोगितामा २७ टोलीको सहभागिता रहेको थियो । उद्घाटन समारोहको प्रमुख अतिथि नवीन न्यौपानेले प्रतियोगिताको उद्घाटन गरेका थिए । बिशिस्ट अतिथिमा श्रमिक नेपालको अध्यक्ष सावित्री पौडेल आचार्य थिए भने कार्यक्रममा आभास, लिशारा, नवीण, नारायण, युवराज, शिशिर, दीपकलगायतका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो । पहिलो स्थान सिसु निकेतनले प्राप्त गर्दा द्वितीय स्थान अर्चिड कलेज र तृतीय स्थान नवा ज्योति कलेजले प्राप्त गरे । यस कार्यक्रमले विद्यार्थीहरूमा…
काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । ‘अभ्यासको क्रममा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरुबारे ज्ञान आदनप्रदान हुनेछ’, केसीले भने, ‘काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा त्यससम्बन्धी अभ्यासहरु सञ्चालन हुनेछन् ।’ सन् २०१२ देखि सुरु भएको अभ्यासको यो चौथो संस्करण हो ।
विराटनगर । मोरङमा जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित नौ जुवाडे पक्राउ परेका छन् ।शनिबार राति प्रहरीले छापा हानी मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दहरैंचा नगरपालिका–१ का ५০ वर्षीय जनककुमार माझी, सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीका ४५ वर्षीय महेशकुमार माझी र ४५ वर्षीय महेश साह, ग्रामथान–४ का आर्हलाल माझी रहेका छन् । यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१५ का युवक राई, दमक–१० का कतुवर्न नेम्वाड, मोरङ लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा र सुन्दरहैंचा–३ का प्रताप राईलाई पनि पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।पक्राउ पर्ने माझी २०७४ को निर्वाचनमा निर्वाचित…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं. २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गरेका छन् । नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरु बेसहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले सङ्कल्प गरेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा तय गरिएको ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाहरुले हप्की, दप्की, नियन्त्रण र बन्धनमा होइन उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताए । प्रथम महिला राधिका शाक्य, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव…
काठमाडौं । भारतको जम्मु कश्मीरमा भारतीय सुरक्षा बल र आतंकवादी समूहबीच भएको झडपमा दुई सैनिकको ज्यान गएको छ । घटनामा अन्य दुई सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नाइट कर्प्सका नायक सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह मारिएको र घाइते सैनिकको उपचार भइरहेको बताइएको छ । भारतीय सेनाका अनुसार चत्रु बेल्टको नैदधाम क्षेत्रमा जैश–ए–मोहम्मदका तीन आंतककारीहरु लुकेर बसेको सूचनापछि खोज अभियान थाल्ने क्रममा मुठभेड भएको हो । जम्मु कश्मीरमा विधानसभा चुनावको पहिलो चरणअन्तर्गत आगामी बुधबार मतदान हुँदैछ । डोडामा आयोजित जनसभालाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुअघि भिडन्त भएको हो ।
१ खर्ब ३५ अर्ब ऋण खोज्दै वायुसेवा निगम, सस्तो ब्याजदरमा पाए पुरानो ऋण तिरेर थप जहाज किन्ने
काठमाडौं । नेपाल वायुसेवा निगमले १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण खोज्दै पुनः सार्वजनिक सूचना जारी गरेको छ । वायुसेवा निगमले न्यरोबडी र वाइडबडी जहाज किन्दा लागेको ऋण तिर्न ५५ अर्ब, नयाँ जहाज किन्न ७५ अर्ब र जहाज मर्मतको लागि ह्यांगर बनाउन ५ अर्ब गरी कुल १ खर्ब ३५ अर्ब रुपयाँ ऋण खोजेको हो । निगमले सस्तो ब्याजदरमा स्वादेशी तथा विदेशी वित्तीय संस्थाबाट ऋण लिएको कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषको महंगो ब्याजदरको पुरानो ऋण तिर्ने योजनाका साथ सार्वजनिक सूचना मागेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले भने, ‘महंगो ऋण तिर्न सस्तोमा थप ऋण लिन खोजिएको हो…