गाेरखा । समाजसेवी प्रकाश लामिछानेद्वारा गाेरखा जिल्लाकाे भिमसेनथापा गाउँपालिका वडा नं ४ स्थित धावामा रहेकाे श्री प्रभात मा बि विद्यालयमा अध्यानरत ३०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
हिमालय हब एडभेन्चर प्रा. लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश लामिछानेको समन्वयमा कक्षा १ देखि १० सम्म अध्ययनरत ३०० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्रीहरू झाेला, कपि, पेन, ज्यामिती वक्स, विद्यालय पोशाक र २० जना अति बिपन्न विद्यार्थीहरूलाई जनही ३ हजारकाे दरले फागुन २८ गते एक औपचारिक कार्यक्रम गरि वितरण गरेकाे हाे ।
वितरण कार्यक्रममा पालिका शिक्षा विभागका प्रमुखले शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो भएको जानकारी दिए। सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए ।
कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको विद्यालयका प्रअले बताए । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उनले जनाकारी दिए ।
शैक्षिक सामग्री हस्तान्तरण संस्था हिमालय हब एडभेन्चर प्रा. लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश लामिछानेले संस्थाले गरेकाे याेगदानकाे बारेमा जानकारी गराएका थिए । उनले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए ।
संस्थाका सिइओ पुरुषोत्तम रिमाल (पुरू) ले विद्यार्थीहरूकाे व्यक्तित्व नेतृत्व विकास साथै रचनात्मक गतिविधि सञ्चालन गर्न आउदाे दिनमा पनि निरन्तर सहयाेग गर्ने बताए ।
वितरण कार्यक्रममा प्रमुख अतिथि भिमसेनथापा गाउँपालिक शिक्षा विभागका प्रमुख, अतिथिहरूमा वडा अध्यक्ष, वडा सदस्यहरू र श्री प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षा तथा श्री प्रभात मा.वि का प्राधानाध्यपक सभापतिकाे रूपमा रहेका थिए ।
साथै विद्यालयमा अध्यापनरत शिक्षक, शिक्षिकाहरू, स्थानीय, अभिभावका र विद्यार्थीहरूकाे महत्त्वपूर्ण उपस्थितिमा वितरण कार्य सम्पन्न भएको थियोे ।
