काठमाडौं । नेपाल प्रहरीमा बढुवाका लागि सिफारिस गर्दा गृह मन्त्रालयले ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता जस्ता विशेषतालाई आधार बनाउनु पर्दछ । सोहीअनुसार बढुवा सुची निकालिन्छ ।
सोहीअनुरुप लामो रस्साकस्सी बीच २०८१ माघ १० गते प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गर्यो ।
बढुवा सुचीको पहिलो नम्बरमा कुलदीप चन्द परे । उनको कासमु नम्बर ९२.२०९४ थियो । त्यस्तै अन्तिम अर्थात् ३७ औं नम्बरमा बढुवा भएका रुगम बहादुर कुँवरको कासमु नम्बर ८७.२२६२ थियो ।
जतिबेला बढुवा दाबेदारको तेस्रो नम्बरमा रहेका रवीन कार्कीलाई छुटाइयो । उनकै ब्याचका सिनियर डीएसपीहरू अनिल खड्का, ज्ञानेन्द्र बस्नेत, दीपेन्द्र पञ्जियार, महेश थापा, महेन्द्र नेपाल र वीरेन्द्र थापा बढुवामा छुटे ।
२०६१ को टोलीका सात डीएसपीलाई छुटाउँदा दुई वर्षपछि १६ चैत २०६२ मा इन्सपेक्टरमा भर्ना भएर डेढ वर्षपछि १९ साउन २०७४ मा डीएसपीमा बढुवा भएकाहरू एसपीमा बढुवा भएका थिए । जतिबेला संगठन प्रमुखको चर्को आलोचना भएको थियो ।
तर, उनीहरुमध्ये कार्की र बस्नेतलाई बुधबार राती प्रहरी प्रधान कार्यालयले एसपी बढुवामा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले राखेको कासमु नम्बरमा कार्कीको १० माघमा बढुवा भएका ७ जनाको भन्दा बढी देखिन्छ ।
यसरी कासमु नम्बरमा अगाडी रहेका कार्कीलाई जानाजान त्यतिबेला छुटाइएको थियो । अहिलेको सुचीमा कार्कीको कासमु नम्बर ८७.४७१५ छ । तर, त्यतिबेला बढुवा सुचीको ३१ औं नम्बरमा रहेका नारायण प्रसाद अधिकारीको ८७.४५७३ मात्र छ।
प्रहरी संगठनले नम्बर राख्न समेत नजानेपछि मानव स्रोत बिभागकी प्रमुख दुर्गा सिंह विवादमा तानिएकी छिन् । इमान्दार प्रहरी अधिकृत भनिएकी सिंहले राम्रोसँग ध्यान नदिदा यस्तो हुन पुगेको उनकै सचिवालयमा कार्यरत प्रहरीहरु बताउँछन् ।
हेर्नुस् सुची


