काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)बाट अवकाश पाएको दुई महिनामै भरतबहादुर बोहरालाई सरकारले नियुक्ति दिएको छ । उनलाई सरकारले मिटरब्याजसम्बन्धि जाँचबुझ आयोगको सदस्यमा नियुक्त गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो । सो आयोगमा बोहरा र बद्रीप्रसाद भट्टराईलाई सदस्य राखिएको छ ।
जबकी कुनै आयोगको सदस्यलाई राज्यमन्त्री सरह सेवासुवीधा दिने गरिन्छ ।
बोहरा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्वपिएसओ हुन् । कांग्रेससँगको निकटताकै कारण अवकाश हुनुभन्दा १० दिनअघि उनी एआईजीमा बढुवा भएका थिए ।
Facebook Comments Box
