Author: Scoop Khabar

एजेन्सी । बोर्ड फर कन्ट्रोल क्रिकेट इन इण्डिया (बीसीसीआई)का सचिव जय साहले इण्डियन प्रिमियर लिग आईपीएलको म्याचफीबारे ठूलो घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत साहले आईपीएल खेल्ने खेलाडीले प्रतिम्याच ७.५ लाख भारतीय रुपैयाँ (१२ लाख नेपाली रुपैयाँ) प्राप्त गर्ने घोषणा गरेका हुन् । यो हिसाबले एकजना खेलाडीले आईपीएलको सबैम्याच खेलेको खण्डमा १.०५ करोड भारतीय रुपैयाँ (१ करोड ६८ लाख) हात पार्नेछ । शाहका अनुसार फ्रेन्चाइजीहरुले यसका लागि १२.६० करोड भारतीय रुपैयाँ (२० करोड १६ लाख नेपाली रुपैयाँ) छुट्याउने छन् । ‘आईपीएल र खेलाडीका लागि नयाँ युगको सुरुवात भएको छ,’ साहले भनेका छन् । यसबाहेक खेलाडीले अक्सनमा बिडिङ हुँदाको रकम प्राप्त…

थप

पोखरा । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । ६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो । प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेको थियो । अदालतले ७ दिन म्याद थप गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । प्रहरी हिरासतमा राखेर जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राइको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन…

थप

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको टोली र एक गैरसरकारी संस्थाले एकजना भारतीय किशोरीलाई सदरमुकाम गौरबाट उद्वार गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म भन्सार छेउ गौरबाट असई फडिन्द्र बहादुर कार्कीको कमाण्डमा गएको टोली र आशिष सामाजिक सेवा नेपालकी सुनिता चौधरीको नेतृत्वमा गएको समूहलेउक्त भारतीय किशोरीलाई शुक्रवार एक्लै हिडिरहेको हेरेर शंका लागेर सोधबुझ गरेको थियो । सोधपुझको क्रममा भारत बिहार सीतामढी जिल्ला डुमरा-६ विशुनपुरका लक्षमण राय यादवको छोरी १५ बर्षिया गुडिया कुमारी रहेको र घरमा कसैलाई पनि खबर नगरी आएको बताएकी थिइन् । एक्लै हिँडेको भारतीय किशोरी मानव बेचबिखनमा पर्नसक्ने हेरेर सशस्त्र प्रहरी गुल्ममा राखेर सीमावर्ती भारत बैरगनिया…

थप

काठमाडौं । नेपालीहरुको पर्व दसैँको पूर्वसन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन् । करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् । प्रवक्ता कार्कीले दुइ साताअघि मात्रै प्रहरीको पीडा र भावना उजागार गरिएको ‘फूलको वासना सरी’ बोलको गीत सार्वजनिक भएको थियो…

थप

रौतहट । प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरे नगद पुरस्कारसहित सम्मानित भएका छन् भने जिल्ला प्रहरी कार्यालय रौतहट उत्कृष्ट घोषणा गरिएको छ । कार्य सम्पादन मूल्यांकनको आधारमा एसपी घिमिरे नगदसहित पुरस्कृत भएका छन् भने भौतिक पूर्वाधार लगायत विभिन्न पक्षको बिश्लेषणको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई उत्कृष्ट घोषणा गरिएको हो । रौतहट प्रहरी प्रमुख एसपी घिमिरेको निर्देशनमा प्रहरी टोलीले हत्या गरि फरार भएका व्यक्तिलाई तत्काल पक्राउ गर्न सफल भएको, ईशनाथ नगरपालिकामा हिन्दु मुस्लिम बिच हुने सक्ने सम्भावित दंगालाई रोक्ने काममा खेलेको भुमिका, महाबिर झण्डा मेलामा विवादरहित हिसाबले सम्पन्न गर्न उल्लेखनिय भुमिका खेलेको र तस्करी नियनत्रण गरि जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानमा…

थप

रौतहट । पुरूष प्रहरी अधिकृतको तुलनामा कम हुँदैनन भने कुरा सानो समयमै डिएसपी एलिजा गिरीले प्रमाणीत गरेकी छिन् । १० महिना रौतहट बसाईको क्रममा डिएसपी गिरीले आफ्नो सक्रियता र कार्यकुशलता महिला अफिसरको कार्य क्षमता बारे प्रमाणीत गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता रहेर काम गरेकी डिएसपी गिरीको कार्यकालमा रहेका दुईजना एसपीले उनको खुलेरै प्रशंसा गरे । हालका जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले डिएसपी गिरी हुँदा अधिकांश कामहरू उनकै जिम्मामा हुने तथा सहजरुपमा पूरा गर्ने गरेको बताए । एसपी घिमिरेअघि उनी महेन्द्र श्रेष्ठसँग पनि केही महिना काम गरेकी थिइन् । डिएसपी गिरीको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालय…

थप

काठमाडौं । क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरी ५० लाख रुपैयाँ असुलिएको घटनामा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका दुई प्रहरी पक्राउ परेका छन् । हवल्दार गणेश खड्का र जवान साजन शर्मा चपाईलाई परिसरले थुनामा राखी मुद्दा अघि बढाएको छ । गत १४ भदौमा उनीहरुले क्यानडा बस्दै आएका आशिष आचार्यलाई पक्राउ गरेका थिए । दुई दिन थुनामा राखेपछि संलग्नता देखिएको भन्दै छाडिएको थियो । यसबीचमा बिचौलिया तेजबहादुर तामाङले ५० लाख रुपैयाँ लिएका थिए । हवल्दार खड्कासँगै मिलेर उनले सो पैसा असुलेको छानविनले पुष्टि गरेको छ । एसपी प्रजित केसी नेतृत्वको छानविन समितिको सिफारिसका आधारमा दुई प्रहरीविरुद्ध आपराधिक लाभ मुद्दामा…

थप

काठमाडौं । सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद खारेजीको माग गरिएको रिट खारेज भएको छ ।सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बिहीबार रिट खारेज गरिदिएको हो । सशस्त्रको ३० वर्षे सेवा हद हटाउन माग गर्दै अवकाशनजिक रहेका डीआईजी अभिकुमार खत्रीसहित चार जनाले गत भदौ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा अवकाशको पत्र पाएका २१ प्रहरी अधिकृतले नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो । यसपछि गृह मन्त्रालयले भ्याकेट दिएको थियो । सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय…

थप

काठमाडौँ ।  निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।   एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सनसँगै सुटिङ सुरु गरिएको हो ।     शुभमुहूर्त कार्यक्रममा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो । निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउँदै भने, ‘यो फिल्म मेरो लागि निकै…

थप

धनगढी । कैलालीमा साढे तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक(सई) गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले तीन किलो चार सय ८० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका–८ बडैपुर बस्ने बझाङको केदारस्युँ गाउँपालिका–६ बस्ने अन्दाजी २३ वर्षीय गोविन्द धामी र बाजुरा खप्तड छेडेदह गाउँपालिका–४ घर भएर धनगढी उपमहानगरपालिका–३ मा बाजुरा होटल सञ्चालन गर्ने ४१ वर्षीया मनमति ऐडी रावत रहेको कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए । पक्राउ परेका धामीको झोला चेकजाँच गर्दा दुई किलो ७४० ग्राम चरेस र रावतको होटल खानतलासी गर्दा…

थप