काठमाडौं । सिरहामा विवाह गर्ने आश्वासन दिएर यौन सम्वन्ध राख्ने एक युवक बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
गोलबजार नगरपालिकाका व्यवसायी महेश साह (कोकवा) का छोरा २४ वर्षीय अजय साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनी गोलबजार नगरपालिका–४ सातपत्रे खोला नजिकबाट पक्राउ परेका हुन् ।
विवाह गर्ने आश्वासनमा एक युवतीसँग पटक–पटक यौन सम्वन्ध बनाएको आरोपसहितको जाहेरी परेपछि अजयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जाहेरी परेपछि अजय लुकीछिपी बस्दै आएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
Facebook Comments Box
