काठमाडौं । प्रहरी नायव उपरीक्षक (डिएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई एसपीको फुली लगाइदिएका हुन् ।
२९ फागुनमा उनीहरु एसपीमा बढुवा सिफारिस भएका थिए । गृह सचिवस्तरबाट बिहीबार उनीहरूलाई बढुवा गर्ने निर्णय भएको हो ।
यसअघि उनीहरु दुवै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए ।
Facebook Comments Box
