Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंलगायत मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरण र उद्धारमा सुरक्षा निकाय अहोरात्र खटिए । उद्धारमा तीनै तहका सुरक्षा निकाय ३० हजार बढी सक्रिय भएका थिए । दिनको भोक र रातको निद्रा नभनी बाढीको उर्लंदो भेलमा ज्यानको बाजी थापेर प्रभावित मानिसको ज्यान बचाउन सुरक्षाकर्मी क्रियाशील भएर लागिपरे । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालीमप्राप्त सुरक्षाकर्मीदेखि विभिन्न गण, गुल्म र कार्यालयका अन्य सुरक्षाकर्मीसमेत उद्धारमा परिचालित भए । उनीहरुले बाढीमा बग्दै गरेका मानिसदेखि घरभित्र, सडक, रुख तथा डुबानमा फसेका सर्वसाधारणका उद्धारलाई सुरक्षाकर्मीले तीव्रता दिए । कतिपय अवस्थामा बोकेर, डोरीको…
काठमाडौं । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको छ । आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्दारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिए । ‘गत शनिबार खराब मौसमका कारण काभ्रेपलाञ्चोकमा हेलिबाट उद्दार गर्न सकिएन,’ उनले भने, ‘मौसममा सुधार आएसंगै सेनाको हेलिकप्टर उद्दारमा निरन्तर खटिएको छ ।’ उनले सोमबार (हालसम्म) सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोकको दार्चा र मंगलटारबाट १३२ जनाको सकुशल उद्दार गरि सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए । उद्दार गरी ल्याइएका…
काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले चाडपर्व लक्षित सुरक्षायोजना सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठ पर्वका समयमा हुन सक्ने आपराधिक चुनौतीलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश प्रहरीले चाडपर्वका समय ११ हजार जना प्रहरी परिचालन गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले चाडपर्वका बेला हुनसक्ने सुरक्षा चुनौतीको मसिनो विश्लेषण गरेर सोहीअनुसार थप प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । सामान्य समयमा प्रदेशभर सात हजार प्रहरी कर्मचारी परिचालित हुन्थे । तर, कार्यालयभित्रको काममा खटिने, प्रदेश सशस्त्र प्रहरी गण, संघीय प्रहरी कार्यालयलगायतका कार्यालयका प्रहरीलाई समेत गरी थप चार हजार जनालाई फिल्डमा खटाउने गरी योजना…
काठमाडौं । नेपाल सरकारका मुख्य सचिवमा नियुक्त भएका एकनारायण अर्याललाई गृहजिल्ला स्याङ्जामा भब्य स्वागत गरिएको छ । उनी मुख्य सचिवमा नियुक्त भएपछि पहिलोपटक अर्याल गृहजिल्ला स्याङ्जा पुगेका हुन् । अर्याल असोज १२ गते शनिवार र १३ गते आइतवार गृहजिल्लाका बिभिन्न सम्मान लगायतका कार्यक्रममा सहभागी भएका थिए । अर्याललाई आँधीखोला गाउँपालिकामा अभिनन्दन र आफुले पढेको दुई विद्यालयले समेत सम्मान गरेको थियो । आँधीखोला गाउँपालिका ३ बिचारीचौतार स्थित राष्ट्रिय मावि र चिलाउनेवास स्थित जनप्रदिप माविमा उनले अध्ययन गरेका थिए । आफु पढेको विद्यालय र गाउँपालिकाले अर्याल निजामती कर्मचारीहरुको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त भएको अवसरमा अभिनन्दन गरेको हो । त्यसैगरी वालिङमा अर्याललाई…
सिन्धुपाल्चोक । पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धुबीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको हो । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए ।रिसोर्टमा सुतिरहेको बेला शनिबार रिसोर्ट माथिबाट पहिरो खसेको थियो । कर्णेल केसीसहितको टोली सुरक्षित स्थानमा पुगेपनि कोरियन नागरिक नउठेपछि केसी उनीहरूलाई उद्धार गर्न गएका थिए । त्यही बेला ठूलो पहिरो आएपछि केसीलाई पनि पुरेको थियो । उनको शरीरमा चोटपटक लागेको थियो । साथीहरुले बोकेर ल्याउन खोज्दा म…
काठमाडौं । नेपाल एयरलाइन्सले शुक्रबार (२७ सेप्टेम्बर) देखि बुधबार (२ अक्टोबर) सम्म उड्ने गरी टिकट काटेर उड्न नपाएका अन्तर्राष्ट्रिय हवाई यात्रुसँग अतिरिक्त शुल्क नलिने भएको छ । अविरल वर्षा र बाढी पहिरोका कारण काठमाडौं आउन नपाएका यात्रुको सुविधालाई मध्यनजर गर्दै मिति परिवर्तन गर्दा थप शुल्क नलिन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको थियो । सोही अनुसार यात्रुसँग थप शुल्क नदिने निर्णय भएको नेवानिका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार सो सुविधा ११ अक्टोबर (२६ असोज) सम्म उपयोग गरिसक्नु पर्ने समेत निर्णय भएको छ ।
चितवन । बुटवलको कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत जुम्ल्याहा दाजु–बहिनी दीपेश भट्टराई, दीपिका भट्टराई र आमा सीता भट्टराई धादिङको झ्याप्ले खोला पहिरोमा अस्ताएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– ३ स्थायी घर भएका उनीहरु बुटवलबाट काठमाडौं जाँदै थिए । सोही क्रमश लगातारको भिषण वर्षासँगै पहिरोले उनीहरु सवार विङ्गर धादिङको झ्याप्ले खोलामा पुरेको थियो । पहिरोमा पुरिएर १५ वर्षका दीपेश र दीपिका तथा ४० वर्षकी आमा सीतासहित बुटवलबाट आएका १४ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको सनाखत भइसकेको छ । दीपिकाको शव पहिचान हुन बाँकी छ । उनीहरु विद्यालयमा आयोजना हुने हरेक प्रकारका…
काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । इमेज सहकारी घोटालाको आरोपमा मेयर नेपालीसहित उनका दाजु ओमबहादुर नेपालीलाई भारतको दिल्लीमा पक्राउ गरेर नेपाल ल्याईएको हो । भारतीय प्रहरीको सहयोगमा उनीहरू दुवैलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए । नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो । पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने सीआईबीले जनाएको छ। पक्राउ परेका मेयर…
काठमाडौं । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस सम्पर्कविहिन हो । बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन भनेपछि बस हराएको पत्ता लागेको हो । `बस हराएको भन्ने सूचना पाएका छौँ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन,´ गोरखाका डीएसपी राजकुमार श्रेष्ठले भने, `हामी पनि खोजी रहेका छौँ ।´ बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।`बसमा धेरै यात्रु थिएनन् भन्ने छ । कति हुन् भन्ने विवरण छैन,´ उनले भने । उनका अनुसार ३ जना गाडीका स्टाफ र एकजना मात्र यात्रु…
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पु¥याउने प्रयास भइरहेको छ ।…