काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका र नगर प्रहरीको कदमको विरोध गर्दै भोलेन्टियर फोर्स गठन गरिएको घोषणा गरेका छन्।
उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् – ‘नगर प्रहरीहरू माथि जनताले प्रतिवाद गर्नेछन् र जनता विरोधी नगर प्रहरी तथा त्यसका नाइके राजु पाण्डेलाई जनताले लखेट्ने छन्। युवा सङ्घको आज गठन भएको भोलेन्टियर फोर्सले जनतालाई साथ दिनेछ।’
बालेनले काठमाडौं टावर नक्सा बिना बनाएको भन्दै भत्काउने धम्की दिएपछि बस्नेतले भोलेन्टियर फोर्सले जनतालाई साथ दिने बताएका हुन् ।
Facebook Comments Box
