काठमाडौं । पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेपछि सात जना कर्मचारीहरूले आफ्नो सरुवा माग गरेका छन् । क्याम्पस प्रमुखलाई पत्र लेख्दै उनीहरूले उत्पन्न परिस्थितिका कारण काम गर्न सक्ने अवस्था नरहेको भन्दै उनीहरूले अन्यत्र सरुवा गरिदिन अनुरोध गरेका हुन् ।
लेखा प्रमुख सुनी श्रेष्ठले स्ववियु निर्वाचन नभएको कारणले गर्दा विद्यार्थीको हक हितमाथि असर गर्न गएको कारणले गर्दा क्याम्पसमा काम गर्ने वातावरण नभएका कारण सहज वातावरण नभएसम्मका लागि विदा माग गरेका छन् ।
त्यस्तै शाखा अधिकृत, सह–संयोजक, सह–प्रशासक र मु.का.सहायक सुवर्णमान बज्राचार्यले आफ्नो यो क्याम्पसबाटै सरुवा गरिदिन माग गर्दै क्याम्पस प्रमुखलाई निवेदन लेखेका हुन् ।
पब्लिक युथ क्याम्पसमा चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन हुन सकेको छैन् । विद्यार्थी संगठनहरूको तालाबन्दी तथा अवरोधका कारण निर्वाचन अनिश्चित नै बनेको छ ।
यहि बेला प्रशासनिक कर्मचारी तथा कार्यक्रम सह–संयोजकले सरुवा तथा बिदा माग गरेका हुन ।







![क्याम्पस प्रमुखको कारण पब्लिक युथका ७ कर्मचारीले मागे सरुवा [पत्रसहित]](https://scoopkhabar.com/wp-content/uploads/2025/03/IMG_20250327_174554-1024x768.jpg)