काठमाडौं । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न आरोपमा प्रहरीले नेपाली सेनाका पूर्वक्याप्टेन मुनीन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ ।
राजावादी आन्दोलनका लागि गठित रोयल टास्क फोर्सका कमान्डर राजभण्डारीलाई प्रहरीको विशेष टोलीले बालाजुबाट गिरफ्तार गरेको हो ।
दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने करोडौँको धनमाल क्षति भएको छ । घटनापछि फरार प्रसाईंलाई प्रहरीले खोजिरहेको छ ।
पक्राउ परेका राजभण्डारी प्रसाईंले यसअघि गरेका अराजक गतिविधिमा पनि सहभागी भएका थिए । गत वर्षको मंसिरमा प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनका क्रममा पनि उनी अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका थिए ।
Facebook Comments Box
