काठमाडौं । गृहमन्त्री रमेश लेखक शुक्रबार हिंसात्मक प्रदर्शन भएको क्षेत्रको निरीक्षण गर्न जाने भएका छन् ।
तीनकुने क्षेत्रमा जारी गरिएको कर्फ्युको समय सकिएपछि गृहमन्त्री लेखक निरीक्षणका लागि जाने भएका हुन् ।
उक्त क्षेत्रमा अहिले प्रहरी ‘हाई अलर्ट’मा बसेको जनाइएको छ । साथै यदि कुनै पनि किसिमको प्रदर्शन भएको खण्डमा ‘फायर’ खोल्ने प्रहरी स्रोतले जनाएको छ ।
प्रदर्शनलाई उत्तेजित बनाउने भूमिकामा रहेका १५० व्यक्ति अझै प्रहरी नियन्त्रणमा छन् ।
Facebook Comments Box
