Author: Scoop Khabar

धनगढी । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प९२५२ नम्बरको मोटरसाइकल ठोक्किंदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए । उनकाअनुसार चौधरी से६प ६२७९ नम्बरको मोटरसाइकल र मल्ल बा९५प ९२५२ नम्बरको मोटरसाईकलका चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल…

थप

काठमाडौं । सरकारले विपद्बाट मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो तथा डुवानमा परेर मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो । त्यस्तै सरकारले शोक घोषणा गर्दै आगामी ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

थप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितको उद्दार राहत र पुनस्थापनाका लागि योजननावद्ध रूपमा काम गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको प्रचार तथा प्रकाशन बिभाग र विपद व्यवस्थापन विभागको संयुक्त बैठकले विपदका समयमा सूचना संकलन र सम्प्रेषण तथा बिपदपछिको राहत र पुनस्थापनाका बिषयमा एकिकृत योजना लागु गर्ने निर्णय गरेको हो । गत शुक्रबारदेखि दुई दिनसम्म परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको जनधनको क्षति तथा त्यसपछिको राहत र पुनःस्थापनाको कार्यका लागि पार्टीका जनसंगठन, मोर्चा, स्थानीय तथा प्रदेश समिति सम्ममा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले…

थप

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन बुद्ध एयरसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका डेबिट र क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउनेछन् । आफ्ना ग्राहक र ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउने बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख…

थप

काठमाडौं । संवेदनशील जिल्ला कपिलवस्तुको कमान्ड प्रहरी उपरीक्षक (एसपी) निरन्जन दत्त भट्टले सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुको कार्यालय प्रमुखको जिम्मेवारी पाएका एसपी भट्टले आइतबार पदभार ग्रहण गरेका हुन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत सोमबारको पत्रादेशले कपिलवस्तु प्रहरी प्रमुखको जिम्मेवारी पाएका भट्टले पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका छन् । प्रहरी उपरीक्षक भट्टले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक र पारदर्शी भएर काम गर्न मातहत कर्मचारीलाई निर्देशन समेत दिएका छन् । कपिलवस्तु जिल्ला अति संवेदनशील जिल्ला हो । जहाँ तस्करीदेखि गुण्डागर्दीसम्म हुने गर्छ । एसपी भट्टले अपराध र अपराधी…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले सम्हालेका छन् । सोमबार कार्यालयमा हाजिर भएर एसपी ओलियाले कास्की प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका हुन् । अघिल्लो हप्ता प्रहरी प्रधान कार्यालयले जिम्मेवारी हेरफेर गर्दै एसपी ओलियालाई कास्की प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । गण्डकी प्रदेशको केन्द्र भागमा रहेको कास्कीलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ । विभिन्न स्थानमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका ओलिया संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनलाई यसअघिका एसपी मोहन थापाले स्वागत गरेका थिए । कमाण्ड सम्हाल्दै एसपी ओलियाले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दवाव र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने दाबी…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई प्रहरी प्रधान कार्यालय तानेर एसपी दिपेन्द्र शाहीलाई धादिङ पठाइएको छ । धादिङ बाढीपहिरो प्रभावित जिल्ला हो । प्रहरी प्रधान कार्यालयले बाढीपहिरो प्रभावित क्षेत्रमा क्षति न्यूनीकरणमा भूमिका नखेलेको भन्दै एसपी केसीलाई हेडक्वाटर तानेको हो । बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै धादिङका प्रहरी प्रमुख हेरफेर गरिएको प्रहरी हेडक्वाटरले जनाएको छ । बाढीपहिरोले धादिङमा सबैभन्दा धेरै क्षति गरेको थियो ।

थप

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) यज्ञबिनोद पोखरेलले अवकाश पाएका छन् । निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईले सोमबार उनको बिदाई गरेका छन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे । २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल उमेरहदका कारण अवकाश पाएका हुन् । उनको अवकाशसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एक र डिआईजीको पाँच पद रिक्त भएका छन् । असोज २१ सम्म कार्यसम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।

थप

काठमाडौं । नेपाली सेनाले बाढी, पहिरो, डुबान लगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्दार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रपलाञ्चोक, सिन्धुली, मकवापुर, ललितपुर र काठमाण्डौबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्दार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । ‘बीपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र परेका ५३२ जनाको त्यहाँबाट उद्दार गरी सुरक्षित स्थान सार्नुका साथै घाइतेहरुलाई अस्पतालसम्म पु¥याइएको छ,’ प्रवक्ता तिवारीले भने, ‘नीजि हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्दार भएको छ ।’ गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाइ उद्दारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित थिए । ‘हवाइ उद्दारको कार्य अन्तिम अन्तिम चरणमा…

थप

अमेरिका । जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले नेपालमा गत साताको  भीषण वर्षा,  बाढी  र पहिरोका कारण विस्थापित तथा पीडितहरुका लागि सक्दो आर्थिक तथा भौतिक सहयोग गर्न संसारभरि रहेका नेपाली, प्रवासी संघसंस्था एवं नेपालका मित्रहरुलाई अपिल गरेको छ । फाउन्डेशनका अध्यक्ष डा यादव पण्डितले एक विज्ञप्ति जारी गर्दै त्यस्तो अनुरोध गरेका हुन् । “नेपालीले व्यहोर्नुपरेको विपदको यस घडीमा संसारभरिका नेपालीहरु एक साथछौं भन्ने हामी संदेश दिन चाहन्छौं ।  नेपाल र नेपालीको समृद्धिको लागि सक्दो योगदान दिने संकल्प बोकेर स्थापना गरिएको जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन दुखको यस घडीमा तन, मन र धनले पीडित नेपालीहरुको घाउमा मल्हम लगाउन सक्दो आर्थिक तथा भौतिक सहयोग गर्न…

थप