काठमाडौं । राजावादी आन्दोलनका क्रममा प्रदर्शनकारीले खोसेको सशस्त्र प्रहरीको बन्दुक अझै फेला परेको छैन ।
गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको बन्दुक खोसिएको थियो । बन्दुक (ग्यास गन) अझै फेला नपरेको प्रहरीले जनाएको छ।
बन्दुक खोस्ने व्यक्तिलाई भने प्रहरीले पक्राउ गरेको छ । बन्दुक खोसेको आरोपमा पक्राउ परेका व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका–१ का ३८ वर्षीय गोपाल मल्ल हुन् ।
उनी हाल काठमाडौंको तारकेश्वर नगरपालिका–१० मा बस्दै आएका थिए । मल्ललाई प्रहरीले भिमसेन गोलाबाट पक्राउ गरेर गौशालामा बुझाएको थियो ।
उनलाई राज्यद्रोह र संगठित अपराधमा मुद्दा चलाउनका लागि म्याद थप गरिएको छ ।
Facebook Comments Box
