काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित प्रहरी कार्यालय अगाडि नै एक किशोरीको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय, नगवाको अगाडि नै शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार बिहान वीरगञ्ज–४ नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको शव फेला परेको हो । अग्रवालको मृत्युको कारण स्पष्ट खुलिसकेको भने छैन ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको छ । घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
