काठमाडौं । प्रहरी प्रधान कार्यालयले राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा सलंग्न व्यक्तिहरूबारे सर्वसाधारणसँग सूचना र विवरण मागेको छ ।
काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटीलगायतका क्षेत्रहरूमा नीजि सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, सरकारी कार्यालय, भाटभटेनीसहितका व्यापारिक केन्द्रमा गरिएको उपद्रोमा संलग्नको विवरण प्रहरीले मागेको हो ।
निजी तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवम् अरू गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूबारे अनुसन्धानको प्रमाण संकलनका लागि प्रहरीले सहयोग मागेको हो ।

Facebook Comments Box
