Author: Scoop Khabar

एजेन्सी । भारतको हरियाणा राज्यस्थित गुरुग्राममा एक एयरहोस्टेसमाथि अस्पतालमै यौन दुर्व्यवहार भएको छ । भारतकै निकै चर्चित अस्पतालमा गनिने ‘मेदान्ता’मा उक्त घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार अस्पतालकै एक कर्मचारीले आईसीयूमा रहेकी ती महिलालाई यौन दुर्व्यवहार गरेका हुन् । सार्वजनिक भएको घटना विवरण अनुसार एयरहोस्टेस एक महिना लामो प्रशिक्षणका क्रममा गुरुग्राम आएकी थिइन् । तालिमकै क्रममा उनी पौडी खेल्दै गर्दा डुबेकी थिइन् । त्यसपछि उद्धार गरी उनलाई मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो । ५ अप्रिलका दिन उनी सो अस्पतालको दोस्रो तलामा रहेको आईसीयूमा थिइन् । सोही क्रममा अस्पतालका एक पुरुष कर्मचारी उनको हातमा ‘ब्यान्ड’को साइज नाप्ने बहानामा आएर यौन…

थप

वीरगञ्ज । हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडपले सिर्जना गरेको तनाव र त्यसपछि विकसित घटनाक्रमप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण भएको छ । धार्मिक, साँस्कृतिक तथा जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रकट गर्नु सबै नागरिकको मानवीय कर्तव्य भएको उल्लेख गर्दै मन्त्री गुप्ताले समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको आवश्यकता रहेको बताएका छन् । झडपपछिको अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुप्ता निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग सम्पर्कमा रहेको मन्त्री गुप्ताका प्रेस सल्लाहकार कृष्णप्रसाद कुशवाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । घटनाका दोषीहरूलाई पहिचान गरी कानूनी दायरामा…

थप

काठमाडौं, ३ वैशाख/वीरगञ्जमा हालै भएको दोहोरो समुदायबीचको झडपप्रति राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (HURFON) ले गम्भीर ध्यानाकर्षण जनाउँदै सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ। चैत्र ३० गते वीरगञ्जको हनुमान जनोत्सव शोभायात्राका क्रममा उत्पन्न विवाद र त्यसपछि वैशाख २ गते भएको तनावमा सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीयबासी र प्रदर्शनकारीहरू घाइते भएको विषयमा प्रतिष्ठानले चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा सञ्चारकर्मीहरूलाई लक्षित गरी आक्रमण गर्नु दु:खद भएको उल्लेख गर्दै सम्पूर्ण पक्षलाई शान्ति, संयमता र सहिष्णुताको बाटो अपनाउन आग्रह गरिएको छ। “समस्या समाधानको लागि वार्ताको माध्यमबाट अगाडि बढ्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “शान्ति, सद्भाव कायम राख्न सम्पूर्ण समुदाय, नागरिक र राज्य जिम्मेवार बन्नुपर्छ।” यसका साथै प्रतिष्ठानले नेपाल…

थप

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका युवकमाथि प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको भिडीओ भाइरल भएपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विमानस्थलमा कार्यरत ३ प्रहरी कर्मचारीको सरुवा गरेको छ । पछिल्लो ३ दिनयता सामाजिक सञ्जालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका युवकमाथि प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको भिडीओ भाइरल भएको थियो । भिडिओ भाइरल भएपछि प्रहरी महानिरीक्षक दिपक थापाले समेत चासो राखेका थिए । थापाले चासो राखेपछि उपत्यका प्रहरी कार्यालयले घटनामा सलग्न ३ प्रहरी कर्मचारीलाई रानीपोखरी तानेर थप अनुसन्धान गरेको जनाएको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यमा सलग्न देखिएका ३ जना प्रहरी कर्मचारीलाई…

थप

पिताम्बर आज हेर्ने अवसर जुर्यो, मेरो अनुभवमा मलाई नेपाली फिल्मको क्यानभास यहाँसम्म आइपुगेकोमा साँच्चीकै गर्व महसुस भयो । फिल्म सुरुआतदेखि नै दर्शकलाई बाँधिराख्ने क्षमता छ । कथामा बदला, प्रेम, क्रोध र पारिवारिक भावनामा बगेको छ । प्रत्येक सिनलाई कथा अनुरूप न्याय मिल्ने गरी निर्देशन गरिएको छ । जसले दृश्य मात्र होइन, भाव पनि बोल्छ । गीत–संगीतले फिल्मको आत्मा भरेको छ । ठुलो क्यानभासमा बनेको यो फिल्मको लोकेसन, सिनेमाटोग्राफी र निर्देशकिय क्षमता निकै प्रभावशाली छ। सबै कलाकारहरूको प्रस्तुति अब्बल छ । विशेषगरी यूवा पुस्ताका सर्बाधिक लोकप्रिय अभिनेता प्रदीप खड्काले यो फिल्मबाट आफूलाई एक्सन अवतारका रुपमा प्रमाणित गरेको पाइन्छ । अभिनेता सौगात…

थप

काठमाडौं । गएको चैत २४ देखि राष्ट्र बैंकको गभर्नर पद रिक्त छ । गभर्नर पद कसले लिने भन्ने विषयमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मतभेद छ । प्रधानमन्त्री ओली पहिलो गभर्नर महिलालाई बनाएर इतिहास रच्ने दाउमा छन् । अहिले कायममुकायम गभर्नर डाक्टर निलम ढुंगानालाई उनी गभर्नर बनाउन चाहान्छन् । तर, कांग्रेसले गभर्नर पदलाई महत्त्व दिएर अडान कायम राखेको छ । मंगलबार साँझ दुई शीर्ष नेताबीच भएको भेटमा देउवाले गभर्नर पद नछाड्ने अड्डी कसेका हुन् । भेटमा राजनीतिक दबाबकाबीच भएको भेटघाटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नेपाल राष्ट्र बैंकको रिक्त रहेको गभर्नर…

थप

काठमाडौं । सरकारले विवादरहित ढंगले नेपाल प्रहरीको ३१ औं नेतृत्व चयन गरेको छ । यसपटक विगतमा जस्तो मुद्दा मामिला पनि भएन । आईजीपीका दाबेदारहरु सुदिप गिरी र टेक तामाङले खुला दिलले आईजीपीमा बढुवा भएका ब्याचमेट थापालाई बधाई शुभकामना दिए । आईजीपी बढुवासँगै गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लगायत रिक्त पदहरुमा बढुवा प्रक्रिया अगाडि बढाएको छ । बढुवाको तयारीसँगै थापापछि हुने संगठनको नयाँ आईजीपीको हिसाब किताब पनि सुरु भएको छ । दिपक थापा र उनीसँगै भर्ना भएका ब्याचमेटले आगामी भदौमा ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् । त्यसपछि आईजीपीका दाबेदारमा अहिलेको ७ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरु प्रतिस्पर्धामा छन् ।…

थप

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा एआई आर्टिफिसियल इन्टलिजेन्सको अत्याधिक प्रयोगसँगै दुरुपयोग हुन थालेकोप्रति आपत्ति जनाएको छ । पछिल्लो समय एआईको प्रयोग गरी चरित्र हत्या गर्ने, अश्लील तथा आपत्तिजनक सामाग्री सिर्जना गरी सार्वजनिक गर्ने प्रवृत्ति बढेको प्रति आपत्ति जनाएको हो । यस्तो गतिविधि विद्यमान साइबर कानुन अनुसार अपराध हुने भएको जनाउँदै कानुनी झमेलामा नपर्न आग्रह गर्दै ब्युरोले विज्ञप्तिमार्फत ‘सोच विचार गरी’ अरूको सम्मानमा आँच नपुर्‍याउने गरी सकारात्मक प्रयोग गर्न चेतावनी दिएको छ । विज्ञप्तिमा ‘एआईको प्रयोग गरी ‘चरित्रहत्या गर्ने, अश्लील तथा आपत्तिजनक सामाग्री सिर्जना गरी सार्वजनिक गर्ने, दिग्भ्रमित बनाउने तथा गलत शब्द चयन गरी संगीतको सिर्जना गरीरगराई मानमर्दन…

थप

काठमाडौं । पछिल्लो ३ दिनयता सामाजिक सञ्जालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका युवकमाथि प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको भिडीओ भाइरल छ । यो भिडीओ सार्वजनिक भएपछि ‘प्रहरी मेरो साथी र मुस्कानसहितको प्रहरी’ को व्यवहारलाई लिएर सामाजिक सञ्जालमा तिव्र आलोचना भइरहेको छ । भिडीओमा प्रहरीको दुर्व्यवहारमा परेका युवा मोरङका सञ्जय ओझा हुन् भने घटना गत आइतबार बिहान करिव साढे ११ बजेको हो । युएईमा मार्केटिङको काम गर्दै आएका ओझा करिब १० महिनापछि आफन्तको विवाहमा सहभागि हुन १० दिनकै विदा लिएर नेपाल आएका थिए । तर, विमानस्थलमा झमेलामा फसे । उनलाई एक ट्राफिकसहित तीनजना प्रहरीले ठुलै अराधिलाई झै हात पछाडि मर्काएर आगमन…

थप

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका फिल्ड कमान्डर दुर्गा प्रसाईंविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा पनि मुद्दा चलाउने तयारी गरेको छ। १५ चैतमा आयोजित प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोपमा उनीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान सुरु गरेको छ । उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको भन्दै उनीविरुद्ध ड्युटीमा खटिएका प्रहरीहरूले सामूहिक निवेदन दिएको जनाइएको छ । प्रसाईँविरुद्ध यही मुद्दा सबैभन्दा बलियो बन्न सक्ने बताइएको छ । सार्वजनिक भएको भीडीओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द…

थप