पिताम्बर आज हेर्ने अवसर जुर्यो, मेरो अनुभवमा मलाई नेपाली फिल्मको क्यानभास यहाँसम्म आइपुगेकोमा साँच्चीकै गर्व महसुस भयो ।
फिल्म सुरुआतदेखि नै दर्शकलाई बाँधिराख्ने क्षमता छ । कथामा बदला, प्रेम, क्रोध र पारिवारिक भावनामा बगेको छ ।
प्रत्येक सिनलाई कथा अनुरूप न्याय मिल्ने गरी निर्देशन गरिएको छ । जसले दृश्य मात्र होइन, भाव पनि बोल्छ । गीत–संगीतले फिल्मको आत्मा भरेको छ । ठुलो क्यानभासमा बनेको यो फिल्मको लोकेसन, सिनेमाटोग्राफी र निर्देशकिय क्षमता निकै प्रभावशाली छ।
सबै कलाकारहरूको प्रस्तुति अब्बल छ । विशेषगरी यूवा पुस्ताका सर्बाधिक लोकप्रिय अभिनेता प्रदीप खड्काले यो फिल्मबाट आफूलाई एक्सन अवतारका रुपमा प्रमाणित गरेको पाइन्छ ।
अभिनेता सौगात मल्लको अभिनय तारिफ गरेर साध्य नै छैन । अनुप राजा, प्रमोदजी, सुरक्षाजी , दयाहाङजी, दिव्यदेव दिव्याले आफ्नो भूमिकालाई न्यायोचित रुपमा निभाएका कारण फिल्मको मेरुदण्ड बलियो बनेको छ ।
कृषा चौलागाईंको निर्देशकीय काम अत्यन्तै प्रशंसनीय छ । कथा र दृश्यको सन्तुलन र मल्टीस्टार कलाकारलाई अभिनयको समन्वय गराउन सक्नु राम्रो पक्ष हो । फिल्मको अन्त्य एक्कासी हुदाँ सिक्वेलको सम्भावनाको ढोका खुला गरिदिएको छ ।
समग्रमा भन्नुपर्दा, पिताम्बर नेपाली फिल्मको स्तरीय कृति हो । ठुलो क्यानभासमा बनेको यो फिल्मका हरेका पात्रले आफूलाई अब्बल रूपमा प्रस्तुत गरेका छन् । अझ पिताम्बर प्रदीप खड्का र सौगात मल्लको रोललाई धमाकेदार रुपमा हेर्न सकिन्छ ।
समग्रमा यो फिल्म उच्च क्वालिटीको प्रस्तुतीकरण र ठुलो क्यानभासमा बनेको छ । फिल्मको निर्माता विशाल चौलागाईं हुन् ।
नेपाली बजेटमा यो स्तरको फ़िल्म हेर्दा बलिउड र साउथ फ़िल्मलाई भुलाईदिने क्षमता राख्छ यती लेखे । बाँकी तपाईहरूले हेरेर लेख्नुहोला ।
सफलताको शुभकामना ।
लेखक : चक्र बहादुर चन्द