Author: Scoop Khabar

वीरगन्ज १२बैशाख ।सशस्त्र प्रहरी बल नेपाल पर्साले औषधी सहित मानिस, अटो र मोटरसाइकल बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा वीरगञ्ज म.न.पा., वडा नं. – २४, रामगढवा स्थित वीरगञ्ज पाठशाला अगाडिको सडकमा खटिगएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ अवैधरुपले भन्सार छलि गरि       भित्राई ना२ स१०१७अटोमा लोड गरि वीरगन्ज तर्फ ल्याउदै गरेको औषधी पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम प्रबक्ता देबेन्द्र सिंहले बताउनुभयो ।सशस्त्र प्रहरीले  १० वटा कार्टूनहरुमा प्याक गरिएका Lycopene with Multivitamin & Multiminerals Capsule NUTRI-CURE Capsule – ४८० डब्बा (४,८०० पत्ता) करिब ९…

थप

काठमाडौं, १२ वैशाख ।भारतका विद्युत तथा शहरी आवास मन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ ।ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनु भएका भारतीय विद्युत मन्त्री खट्टरले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नु भएको थियो । सो क्रममा नेपाल-भारतको पछिल्लो अवस्था र ऊर्जा क्षेत्रको विकासका सम्बन्धमा खट्टरले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री ओलीसँग टेलिफोन संवाद गराउनु भएको थियो ।समकक्षी मन्त्री खट्टरको नेपाल भ्रमणबारे जानकारी गराउनु हुँदै ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासकालागि दुई देशका प्रधानमन्त्रीबीच संवाद हुनु खुशीको कुरा भएको बताउनु भयो । दुई प्रधानमन्त्रीबीचको संवादमा…

थप

काठमाडौं, १२ वैशाख – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा पाथिभरा मन्दिर जाँदै गरेको बोलेरो गाडी विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा चारजनाको ज्यान गएको दुःखद दुर्घटनापछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निर्देशनमा मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको छ।ऊर्जा मन्त्रालयले उक्त समितिको संयोजकमा नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्मालाई नियुक्त गरेको छ। समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्यको रुपमा रहने छन्।वैशाख ८ गते फुङ्लिङ सदरमुकामबाट प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो (ना.१.ज. ३०११) गाडी सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा चारजनाको मृत्यु भएको थियो भने दुईजना घाइते…

थप

काठमाडौँ, १२ वैशाख/राज्यबाट पाउनुपर्ने साथ र संरक्षण नपाएको भन्दै काठमाडौँका होटेल व्यवसायीहरूले गुनासो गरेका छन्। होटेल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले नेपाल पत्रकार मञ्चको नव निर्वाचित कार्यसमिति सदस्यहरूसँगको भेटका क्रममा व्यवसायीहरूले भोगिरहेको वास्तविकता प्रस्तुत गर्दै राज्यको दृष्टिकोणप्रति गम्भीर प्रश्न उठाउनुभयो। अध्यक्ष बरालका अनुसार देश–विदेशका पर्यटकको बाक्लो आगमन हुने क्षेत्रहरूमा रहेको होटेलहरूलाई सुरक्षाको प्रत्याभूति दिनु त परै जाओस्, प्रहरीले नै राति १० बज्नासाथ सिट्टी फुक्दै होटेल बन्द गराउने गरेको व्यवहार अत्यन्तै आपत्तिजनक छ। “होटेल व्यवसाय अपराध होइन, यो त पर्यटन विकासको मेरुदण्ड हो,” उहाँले भन्नुभयो, “तर व्यवहारमा हामी अपराधीजस्तै व्यवहार भोगिरहेका छौं।” पत्रकारहरूसँगको संवादमा बरालले राज्यले होटेल व्यवसायप्रति देखाएको दृष्टिकोण…

थप

काठमाडौं । गत हप्ता ६ जना नायब महानिरीक्षक (डिआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । जसमा कोशी प्रदेश, मधेस प्रदेश, बागमति प्रदेश र लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजीहरु पनि परेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गर्नेछ । एआईजीमा बढुवा भएसँगै उनीहरुलाई अबको १,२ दिनमै दरज्यानी चिन्ह प्रदान गरिनेछ र प्रदेश छाड्नेछन् । त्यसपछि उक्त प्रदेशहरु डिआईजीविहीन हुनेछ । मधेस प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य, बागमतीका प्रहरी प्रमुख कृष्णहरि शर्मा पोखरेल, लुम्बिनीका प्रहरी प्रमुख दानबहादुर कार्की र कोसीका प्रहरी प्रमुख राजन अधिकारी एआईजीमा सिफारिस भएका छन् । त्यस्तै गण्डकी प्रदेश, कर्णाली प्रदेश…

थप

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना नायब महानिरीक्षक (डिआईजी) हरूको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार ६ प्रदेशका प्रमुखसहित विभिन्न जिम्मेवारीमा रहेका उच्च अधिकारीहरूको सरुवा गरेको हो । हाल सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका डिआईजी कुमार न्यौपानेलाई कोशी प्रदेशअन्तर्गतको बराह बाहिनीमा सरुवा गरिएको छ । यसअघि बराह बाहिनीको जिम्मेवारी सम्हालेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा पठाइएको छ । यसैगरी, मधेस प्रदेशको छिन्नमस्ता बाहिनीमा डिआईजी कृष्ण ढकाल, बागमती प्रदेशको गढिमाई बाहिनीमा अन्जनी पोखरेल, गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीमा दिपेन्द्र साह र लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा दिपेन्द्र कुँवरलाई सरुवा गरिएको छ । कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट भने हाल कंगो मिसनमा रहेकाले…

थप

काठमाडौँ । मिस पबीको उपमा पाएकी पवित्रा साकीले पहिलोपटक आफ्नो बालविवाह भएको खुलासा गरेकी छन् । ९ वर्षअघि नै विवाह डिभोर्स भएपछि आफूले ठूलो पीडा सहनु परेको र आत्महत्याको प्रयाससमेत गरेको उनले बताइन् । मिस पबीले पहिलोपटक ‘रमाइलो छ’ नामक युट्युब च्यानलमा अन्तरवार्ता दिँदै विवाह र डिभोर्सको स्वीकारोक्ति गरेकी हुन् । उनले १६ वर्षको कलिलो उमेरमा आफ्नो विवाह भएको र केही समयपछि डिभोर्स भएको बताइन् । यसअघि पनि मिस पबीको विवाह भएर सम्बन्ध विच्छेद भएको समाचार र तस्बिर सार्वजनिक भए पनि उनले यसबारे केही बताएकी थिइनन् । उनले कार्यक्रममा भनेकी छन्, ‘१६ वर्षको उमेरमा भएको थियो । म यो कुराहरू…

थप

काठमाडौं । प्रहरी बृत्त मालिगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिलजंग शाह चैत महिनाको सर्वोत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले २०८१ सालको चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन् । अपराध अनुसन्धान, प्रहरी कारबाहीमा देखिएको सक्रियता र नागरिकहरूमा सुरक्षा अनुभूति गराउन खेल्नु भएको भूमिकाको उच्च मूल्यांकन गर्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । उनले संगठनले दिएको जिम्मेवारी अत्यन्त लगनशीलता, कर्तव्यनिष्ठा र प्रभावकारी ढंगले निर्वाह गर्दै आएका छन् । विशेषगरी काठमाडौं जिल्लामा उनले गरेको अपराध नियन्त्रण तथा अनुसन्धानको कार्य, जनसुरक्षा व्यवस्थापनमा उनको…

थप

काठमाडौं । बिहीबार प्रहरी प्रधान कार्यालयले एकैपटक १२१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक दिपक थापाको निर्णयानुसार यही वैशाखको तलबभत्ता खानेगरी सम्बन्धित कार्यालयमा सरुवा हुन निर्देशन गरिएको छ । सरुवासँगै धेरै कार्यालयका प्रहरी प्रमुख हेरफेर भएका छन् । काठमाडौं उपत्यकाका ३ जिल्लामा पनि ९ वटा प्रहरी वृत्तका इन्चार्ज परिवर्तन भएका छन् । सरुवा सूचीअनुसार काठमाडौंका वृत्तहरू कालिमाटी, बानेश्वर, थानकोट, बालाजु, नगरप्रहरी कार्यालय भृकुटीमण्डप र कीर्तिपुरका ईन्चार्ज फेरिएको छ । प्रहरी वृत्त थानकोटामा प्रहरी मुख्यालयको यूएन शाखामा कार्यरत डिएसपी एलिजा गिरीलाई लगिएको छ । डिएसपी गिरी प्रहरीमा अब्बल अधिकृत हुन् । महिला कमाण्डर भएर अब…

थप

काठमाडौं । बर्खास्तीमा परेका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको फोटो मन्त्रालयको साइटबाट हटाइएको छैन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको वेबसाइटमा बर्खास्तमा परेका ऊर्जा राज्य मन्त्री तामाङको नाम अहिलेसम्म कायम राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार राज्यमन्त्री तामाङलाई पदबाट बर्खास्त गरेका थिए । तर ऊर्जा मन्त्रालयको वेबसाइटमा भने तामाङ अझै ऊर्जा राज्यमन्त्रीको रूपमा देखिएका छन् । प्रधानमन्त्री ओलीले राज्यमन्त्रीलाई बर्खास्त गरेसँगै नयाँ शिक्षा मन्त्री नियुक्त गरी नयाँ मन्त्रीमण्डलको नाम हिजो नै राष्ट्रपति कार्यालय सार्वजनिक समेत गरिसकेको छ । राज्य बर्खास्त भएको ऊर्जा मन्त्रालयलाई १६ घण्टासम्म जानकारी नभएको देखिएको छ ।

थप