काठमाडौं । बर्खास्तीमा परेका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको फोटो मन्त्रालयको साइटबाट हटाइएको छैन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको वेबसाइटमा बर्खास्तमा परेका ऊर्जा राज्य मन्त्री तामाङको नाम अहिलेसम्म कायम राखेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार राज्यमन्त्री तामाङलाई पदबाट बर्खास्त गरेका थिए । तर ऊर्जा मन्त्रालयको वेबसाइटमा भने तामाङ अझै ऊर्जा राज्यमन्त्रीको रूपमा देखिएका छन् ।
प्रधानमन्त्री ओलीले राज्यमन्त्रीलाई बर्खास्त गरेसँगै नयाँ शिक्षा मन्त्री नियुक्त गरी नयाँ मन्त्रीमण्डलको नाम हिजो नै राष्ट्रपति कार्यालय सार्वजनिक समेत गरिसकेको छ ।
राज्य बर्खास्त भएको ऊर्जा मन्त्रालयलाई १६ घण्टासम्म जानकारी नभएको देखिएको छ ।
Facebook Comments Box
