काठमाडौं । प्रहरी बृत्त मालिगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिलजंग शाह चैत महिनाको सर्वोत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले २०८१ सालको चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।
अपराध अनुसन्धान, प्रहरी कारबाहीमा देखिएको सक्रियता र नागरिकहरूमा सुरक्षा अनुभूति गराउन खेल्नु भएको भूमिकाको उच्च मूल्यांकन गर्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
उनले संगठनले दिएको जिम्मेवारी अत्यन्त लगनशीलता, कर्तव्यनिष्ठा र प्रभावकारी ढंगले निर्वाह गर्दै आएका छन् । विशेषगरी काठमाडौं जिल्लामा उनले गरेको अपराध नियन्त्रण तथा अनुसन्धानको कार्य, जनसुरक्षा व्यवस्थापनमा उनको अग्रसरता र नेतृत्वले प्रहरी संगठनको गरिमा बढाएको उल्लेख गरिएको छ ।
एसएसपी अधिकारीद्धारा हस्ताक्षेरित प्रशंसा पत्रमा भनिएको छ, ‘नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्धिमा उहाले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको हो ।’
