Author: Scoop Khabar

काठमाडौं । महोत्तरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) लालबाबु कवारी गृह मन्त्रालय तानिएका छन् । मन्त्रालयले सहसचिव नारायण रिसाललाई महोत्तरीमा पठाएको छ । कवारी यसअघि सिराहामा कार्यरत रहँदा पनि विवादमा परेका थिए । उनलाई गृहले गत १४ कात्तिकमा महोत्तरी सरुवा गरेको थियो । सिडिओ सरुवासम्बन्धी कार्यविधिविपरीत उनलाई गृह जिल्लामा सरुवा गरिएको थियो । धेरै गुनासो आएपछि उनलाई हटाइएको गृह मन्त्रालय स्रोत बताउँछ।

थप

काठमाडौं । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय विगत ४६ दिनदेखि नेतृत्वविहिन छ । त्यस्तै पछिल्लो दुई हप्तादेखि बाँकी कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेश प्रहरी कार्यालय पनि नेतृत्वविहीन बन्न पुगेको छ । प्रहरी नायब महानिरीक्षक (डिआईजी)ले प्रदेशको कमाण्ड सम्हाल्दै आएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रदेशलाई नेतृत्वविहिन बनाउन नहुने भन्दै दुई हप्ताअघि नै डिआईजी बढुवाको सिफारिस पत्र गृह मन्त्रालयमा पठाएका थिए । तर, दुई हप्तादेखि गृहमा पुगेको डिआईजी सरुवाको पत्रबारे गृहमन्त्री रमेश लेखकले चासो नदिँदा प्रदेश प्रहरी कार्यालयहरु नेतृत्वविहिन बन्न पुगेको हो । प्रधान कार्यालय स्रोत भन्छ, पत्र गृहमा पुगेपनि अहिलेसम्म नहुँदा सरुवा अझैं अन्यौलमै छ…

थप

काठमाडौं । दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा प्रहार गरेका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको हो । स्कुल नजिकै सोही स्कुलका कक्षा १२ का विद्यार्थी सुरेश सुनारले खुँडा प्रहार गरेको प्रहरीले बताएको छ । बायाँ कुम र दुवै हातको पाखुरामा खुँडा प्रहार भएको प्रहरीको भनाइ छ ।घाइते शिक्षकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुँडा प्रहार गरेको आरोपमा शनिबार राति पौने ९ बजेतिर प्रहरीले सुनारलाई पक्राउ गरेको छ । खुँडा प्रहारको कारण भने खुलिनसकेको दाङ प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

थप

काठमाडौं । नेपाल प्रहरीमा पहिलोपटक लिडरसिप एन्ड स्टाफ कोर्स सुरु भएको छ । भृकुटीमण्डपस्थित पुलिस क्लबमा गृहमन्त्री रमेश लेखकले आइतबार बिहान पहिलो ब्याच सहभागी हुने कार्यक्रमको उद्घाटन गरेका हुन् । स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना डिएसपी मात्रै उत्तीर्ण भएका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको सुरुवात गरिएको हो । प्रहरीमा पहिलोपटक सुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउने छ । अब स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ । कुनै सेमेस्टरमा अनुत्तीर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाइनेछ । प्रस्तावित…

थप

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याले नेतृत्व सम्हालेको ३६ महिना पूरा भएको छ । सरकारले १८ वैशाख २०७९ सालमा अर्याललाई चार वर्षका लागि आईजीपीमा नियुक्त गरेको थियो । अझै उनको कार्यकाल एक वर्ष बाँकी छ । संगठनमा महानिरीक्षक अर्याल अत्यन्त शालीन र शान्त स्वभावको रुपमा चिनिन्छन् । उनको ३६ महिने नेतृत्व विभिन्न सुरक्षा चुनौतीको परिस्थितिमा समेत अब्बल रहेको विश्लेषण गरिएको छ । नेतृत्व सम्हालेको शुरुवाती दिनमा संगठनभित्रको आन्तरिक व्यवस्थापनमा उनको समय बित्यो । सरुवा तथा बढुवाका कारण संगठनका तल्लो तहदेखि उपल्लो तहसम्मका कर्मचारीमा बढेको निराशालाई समाधान गर्न क्रियाशील रहेकै कारण ३६ महिनाको बीचमा दर्जनौं पटक बढुवा गर्ने काम…

थप

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरे । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी…

थप

काठमाडौं । तपाई हाम्रा लागि २४सैं घण्टा सुरक्षामा खटिने प्रहरीको रासन भत्ता कति होला ? सुन्दा अचम्म लाग्न सक्छ, एक दिन अर्थात चार छाकका लागि २ सय १ रुपैयाँ मात्रै रहेछ । प्रहरीले पाउने रासन भत्ता प्रहरीका लागि सहयोगी कुकुरकोभन्दा पनि कम हो । प्रहरीको सहयोगका लागि खटिने कुकुरले प्रत्येक दिन ४ सय ४२ रुपैयाँ पाउँछ । त्यतिमात्र नभएर नेपाल प्रहरीले भन्दा सशस्त्र प्रहरीले पनि रासन भत्ता बढी खान्छन् । प्रहरीका कर्मचारीको रासन भत्ता रकम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने दररेट निर्धारण समितिले मूल्यांकन गरेर तोक्ने व्यवस्था छ । जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सरोकारवाला निकायको सल्लाहमा…

थप

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले ४९ लाख रुपैयाँ बराबरको  भन्सार छलि गरि भित्राएको अवैध सामानहरु पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले सिमानाका हुने तस्करीमा कडाई गरि एक महिनामा करिब ४९ लाख रुपैयाँ बराबरको अवैध सामानहरु पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराले आफ्नो मातहत पर्ने आईसिपी, अलौ,तिलावेपुल, बार्वा, अमरपर्टी, झौवा, मधवल र प्रसौनी नाकाहरुबाट लत्ताकपडा, किराना सामान,हाडयेवर, कबाड,कस्मेटीक सामान, ईलेक्ट्रोनिक ,मकै, कुखुराको चल्ला,लोकल कुखुरा तथा तयारी बोयाईलर कुखुरा मासु सहित मोटरसाइकल, अटो र टिम्पु लगाएतको सामानहरु पक्राउ गरि भन्सार कार्यालय वीरगन्जमा बुझाएको…

थप

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा मंगलबार जग्गा विवादमा झगडा हुँदा देउरानीको कुटपिटबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी दुर्गा ऐडीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा ५ दिनपछि शनिबार बिहान ५ बजे मृत्यु भएको हो । देउरानीले जेठानीलाई घरेलु औजार बाउसो प्रहार गर्दा गम्भीर घाइते बनाएकी थिइन् । घाइते दुर्गा ऐडीको टाउँको र अनुहारमा गहिरो चोट लागेको थियो । छायाँनाथ रारा नगरपालिका-१२ लुम्स गाउँकी बिमला बुढाले जेठानी दुर्गा ऐडीको टाउकोमा घरेलु औजार बाउसो प्रयोग गरी घाइते बनाएको प्रहरीले जनाएको छ । ससुरा बाचुराम ऐडीकाअनुसार कुनिउखात भन्ने स्थानको जग्गा ३ भाइ मध्ये…

थप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरूको सक्रियता र जनसमर्थनले पार्टीको जित सुनिश्चित भएको दाबी गरेका छन् । काठमाडौंको फर्पिङस्थित दक्षिणकाली नगर समितिद्वारा आयोजित चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले २०६४ सालको निर्वाचन सम्झँदै अहिले पनि त्यस्तै उत्साह देखिएको बताए । उनले भने, ‘कार्यक्रममा महिलाहरूको उल्लेखनीय उपस्थिति र उत्साह देख्दा मलाई चुनाव जित्ने विश्वास मिल्यो । २०६४ सालमा पनि जब महिलाहरूको समर्थन प्राप्त भयो, तब हामीले ठुलो जीत हासिल गरेका थियौँ । महिलाहरूले परिवारै कन्ट्रोल गरेपछि हामी चुनाव जित्यौँ । अहिले पनि त्यस्तै लक्षण देखिँदैछ ।’ प्रचण्डले कार्यक्रममा महिलाहरूबाट खादा ओढाइने, हात मिलाउने जस्ता अभिवादनले आफू…

थप