काठमाडौं । महोत्तरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) लालबाबु कवारी गृह मन्त्रालय तानिएका छन् । मन्त्रालयले सहसचिव नारायण रिसाललाई महोत्तरीमा पठाएको छ ।
कवारी यसअघि सिराहामा कार्यरत रहँदा पनि विवादमा परेका थिए । उनलाई गृहले गत १४ कात्तिकमा महोत्तरी सरुवा गरेको थियो । सिडिओ सरुवासम्बन्धी कार्यविधिविपरीत उनलाई गृह जिल्लामा सरुवा गरिएको थियो ।
धेरै गुनासो आएपछि उनलाई हटाइएको गृह मन्त्रालय स्रोत बताउँछ।
Facebook Comments Box
