Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल सरकार गृह-मन्त्रालयको निर्णयअनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएका प्रहरी नायव महानिरीक्षक(डिआईजी) दिनेश आचार्यले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्। गण्डकी प्रदेशको कमाण्ड सम्हालेसंगै डिआईजी आचार्यले गण्डकी प्रदेश प्रहरी कार्यलय मातहतका सम्पुर्ण प्रहरी कार्यालय र ११ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरी जनशक्तिका विषयमा जानकारी लिएका छन्। उनले सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्न कुनै पनि कसुर बाँकी नराख्न मातहतका प्रहरी अधिकृत् /कर्मचारीहरुलाई निर्देशन दिएका छन्। उनी प्रहरी संगठनमा सक्षम, युबा तथा भिजिनरी भएका प्रहरी अधिकृत मानिन्छन ।
धनगढी । प्रहरी नायव महानिरीक्षक (डिआईजी) डम्बर बहादुर विकले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका छन् । बुधबार धनगढी आइपुगेका विकले प्रदेश प्रहरीको कमाण्ड सम्हाल्दै पदभार ग्रहण गरेका हुन् । प्रहरी प्रधान कार्यालयले गणेश चन्दको ठाउँमा विकको सरुवा गरेर पठाएको थियो । पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकलाई कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुर स्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरु तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.कले सुदूरपश्चिम प्रदेशको शान्ति सु-व्यवस्था लगायत समग्र बस्तुस्थिति र…
काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेकी प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले कार्यालय प्रमुख महिला या पुरुष भन्ने कुराले महत्व नराख्ने बताएकी छिन् । बुधबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक डिएसपी खनालले आफुलाई महिलाको रुमा मात्र नबुझ्न आग्रह गरिन् । उनले भनिन् ‘केहलपुरमा महिला डिएसपी आयो भन्ने धेरैको भ्युज देखिरहेको, सुनिरहेको छु । महिला आएको छ भन्दा पनि डिएसपी आएको छ भन्ने बुझिदिनुहोला ।’ नेपाल प्रहरीको सिस्टमबाट आफु कोहलपुर आएको प्रष्ट पार्दै डिएसपी खनालले भनिन्, ‘नेपाल प्रहरीको एउटा सिस्टम छ, हामी सबै सिस्टमले चल्ने हो ।’ खनालले आफु कोहलपुरका लागि नयाँ भएपनि यहाँको वस्तुस्थिति अध्यन गरेर आएको…
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी हेरफेर गरिएको छ । प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो । यसअघि प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेश कुमार आचार्यले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए । अब यो जिम्मेवारी थापालाई प्रदान गरिएको सचिवालयले बुधबार जानकारी दिएको छ । प्रहरी बरिस्ठ उपरीक्षक थापालाई ९८५१२९२१११ र ईमेल ठेगाना मा सम्पर्क गर्न सकिनेछ ।
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्र जान लागेका प्रहरी नायव महानिरीक्षकहरूलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी प्राप्त जिम्मेवारीलाई नविन ढंगले सम्पादन गर्न उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको…
चितवन । जिल्ला प्रहरी कार्यालय, चितवनको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले सम्हालेका छन् । बुधबार कार्यालयमा हाजिर भएर एसपी पुरीले चितवन प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका हुन् । गत हप्ता प्रहरी प्रधान कार्यालयले ६३ जना एसपीको सरुवा गर्दै पुरीलाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ । विभिन्न स्थानमा प्रमुखको जिम्मेवारी सम्हालेका पुरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनाललगायत अन्य प्रहरीहरुले स्वागत गरेका थिए । कमाण्ड सम्हाल्दै एसपी पुरीले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दवाव र प्रभावमा नरही शुन्य शहनशीलतामा…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्वमा फेरबदल भएको छ । प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टको सरुवासँगै अर्का एसपी बाल नरसिंह राणाले मंगलबारदेखि जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्ड सम्हाल्हेका छन् । हालै मात्र सरुवा भएर कैलाली पुगेका एसपी राणाले एक औपचारिक समारोहबीच पदभार ग्रहण गरेका छन् । उनलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) नबिन राजा बुढाथोकी, राजकुमार सिंह, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरीहरूले स्वागत गरेका थिए । कार्यक्रममा एसपी राणाले आफू जनतामैत्री, पारदर्शी र कडाइका साथ कार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, ‘ कैलाली सुदूरपश्चिमको राजधानी भएकाले यस जिल्लालाई हरेक हिसाबले नमूना बनाउन म उत्कृष्ट प्रयास गर्नेछु । हामी नागरिकका प्रहरी हौं भन्ने अनुभूति प्रत्येक जनतालाई हुने वातावरण बनाइनेछ ।’ बढ्दो सवारी दुर्घटना, लागूऔषध दुर्व्यसन र जघन्य अपराध नियन्त्रण आफ्नो…
वीरगन्ज मेनरोड २५/२५ मीटर नभई जनताको इच्छा र भावना अनुसार विस्तार हुने : मन्त्री गुप्ता
काठमाडौं ।गण्डक–घण्टाघर–मितेरी पुलसम्मको सडक चौडा गर्दा भत्काइने भनिएको घना आवादी क्षेत्र जोगाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आग्रह गर्नुभएको छ । सडक डिभिजन कार्यालय हेटौंडाको सडक विस्तार योजनाले घना आवादी क्षेत्रका सयौँ घर भत्किने, हजारौँ मानिस विस्थापित हुने तथा थुप्रै मानिसको रोजगारीसमेत गुम्ने भएपछि विरोधमा उत्रिएका स्थानीयको माग पूरा गराउन उहाँ प्रतिबद्ध हुनुभएको हो । अब जनताको चाहना अनुसार नै सडक विस्तार हुने उहाँले बताउनुभयो । स्थानीयले उक्त सडक विस्तार गर्दा बढीमा १० देखि १५ मिटरसम्म मात्रै भत्काउन माग गर्दै आएका छन् । १५ मिटरभन्दा बढी भत्काइए वीरगञ्ज बजार नै खण्डहर बन्नाका साथै हजारौँ मानिस आवासविहीन बन्ने उनीहरूको…
वीरगंज । सशस्त्र प्रहरी पर्साले बिल बिजक भन्दा बढी सामान बोकेको एउटा भारतिय गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले वीरगन्जको आईसिपी भन्सारबाट जाँचपास भई प्रगयापन पत्र भन्दा बढी सामान बोकेको आशँकामा भारतिय ट्रक नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी गुल्म अलौले वीरगन्ज महानगरपालिका वडा नम्वर १७ स्थित सडकबाट आईसिपी भन्सार जाँचपास भई छुटेको डब्लु बि ११ ई ६६६२ नम्वरको ट्रकलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलिले बिषेश सुचनाको आधारमा भन्सारबाट जाँचपास भई मालसामान बोकी पथलैया तर्फ जाँदै गरेको…
काठमाडौं । परस्त्रीसँगको सम्बन्धका कारण घर झगडा भएपछि काभ्रेको वीरदल गणमा कार्यरतमा कार्यरत एक सैनिक जवानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–५ घर भएका सैनिक जवान २९ वर्षीय दर्शन खत्रीले श्रीमती २६ वर्षीय प्रेमा वलीको हत्या गरेका हुन् । वलीको शव आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका भेटिएको थियो । रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडकखण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दूरीमा रहेको झिंगेनारा खोलाको पानीमा घोप्टो परेको अवस्थामा आइतबार बिहान वलीको शव फेला परेको थियो । घटना शनिबार बेलुकाको भए पनि जङ्गलको बीचमा पर्ने खोलामा शव भएकाले कसैले देखेनन् । आइतबार बिहान करिव १० बजे थाकल टिप्न गएका स्थानीयहरूले खोल्सामा…