धनगढी । प्रहरी नायव महानिरीक्षक (डिआईजी) डम्बर बहादुर विकले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका छन् ।
बुधबार धनगढी आइपुगेका विकले प्रदेश प्रहरीको कमाण्ड सम्हाल्दै पदभार ग्रहण गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयले गणेश चन्दको ठाउँमा विकको सरुवा गरेर पठाएको थियो ।
पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकलाई कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुर स्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरु तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.कले सुदूरपश्चिम प्रदेशको शान्ति सु-व्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिए ।
