काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी हेरफेर गरिएको छ ।
प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।
यसअघि प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेश कुमार आचार्यले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए ।
अब यो जिम्मेवारी थापालाई प्रदान गरिएको सचिवालयले बुधबार जानकारी दिएको छ ।
प्रहरी बरिस्ठ उपरीक्षक थापालाई ९८५१२९२१११ र ईमेल ठेगाना मा सम्पर्क गर्न सकिनेछ ।
Facebook Comments Box
