काठमाडौं । नेपाल सरकार गृह-मन्त्रालयको निर्णयअनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएका प्रहरी नायव महानिरीक्षक(डिआईजी) दिनेश आचार्यले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
गण्डकी प्रदेशको कमाण्ड सम्हालेसंगै डिआईजी आचार्यले गण्डकी प्रदेश प्रहरी कार्यलय मातहतका सम्पुर्ण प्रहरी कार्यालय र ११ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरी जनशक्तिका विषयमा जानकारी लिएका छन्।
उनले सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्न कुनै पनि कसुर बाँकी नराख्न मातहतका प्रहरी अधिकृत् /कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
उनी प्रहरी संगठनमा सक्षम, युबा तथा भिजिनरी भएका प्रहरी अधिकृत मानिन्छन ।
